नेकपा एमाले काठमाडौंका प्रशिक्षकहरुलाई प्रशिक्षण
कपन अनलाइन
काठमाण्डौ ,चैत्र ४।
नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले प्रशिक्षकहरुलाई प्रशिक्षण दिएको छ। नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीको आयोजनामा निर्वाचन अभिमुखीकरण कार्यक्रममा स्थानीय तहको निर्वाचन केन्द्रित विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।
नेकपा एमाले स्थायी कमिटी सदस्य तथा काठमाडौं इन्चार्ज कृष्णगोपाल श्रेष्ठ, पोलिटब्यूरो सदस्य तथा काठमाडौं सह-इन्चार्ज कृष्ण राई, केन्द्रीय सदस्य तथा सह-इन्चार्जहरु नारायण सिलवाल, सरिता न्यौपाने,रुपनारायण श्रेष्ठ,जिल्ला कमिटी अध्यक्ष दिपक निरौला, प्रतिनिधि सभा निर्वाचन क्षेत्र प्रमुख, प्रदेश सभा निर्वाचन क्षेत्र प्रमुख, उप-प्रमुख, सचिव सहित १० वटा निर्वाचन क्षेत्रबाट नेताहरुको सहभागिता रहेको थियो।
काठमाण्डौ जिल्लाका सबै निर्वाचन क्षेत्रमा निर्वाचन अभियानलाई प्रभावकारी कार्यान्वयनका लागि कमिटीहरुले खेल्नुपर्ने भूमिकाका वारेमा प्रशिक्षण दिइएको सो कार्यक्रममा स्थानीय तहमा गएर जनताको तात्कालिन समस्यालाई पहिचान गरि समाधान गर्नुपर्नेमा जोड दिइएको थियो।