काठमाण्डौ महानगरपालिका वडा नं ३ अध्यक्ष : को को छन नेकपा एमालेका संभावित दावेदारहरु ?

काठमाण्डौ महानगरपालिका वडा नं ३ अध्यक्ष : को को छन नेकपा एमालेका संभावित दावेदारहरु ?

कपन अनलाइन

काठमाण्डौ ,चैत्र ४।

बैशाख ३०  स्थानीय तहको निर्वाचन घोषणा संगै काठमाण्डौ महानगरपालिका वडा नं  ३ को अध्यक्षमा  सम्भावित उम्मेदवार र दावेदारहरुका वारेमा अनौपचारिक चर्चा शुरु भएको छ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष सहित ५ सदस्य जितेको नेकपा एमालेबाट आगामी निर्वाचनमा वडा अध्यक्ष  पदमा दावेदार गर्ने उम्मेदवारहरुका वारेमा चर्चा परिचर्चा शुरु भएको छ।

शाखा र टोल  कमिटीमा सर्वसम्मत नेतृत्व चयन गरेको नेकपा एमालेका तर्फबाट वडा अध्यक्ष पदमा दावेदारी दिनसक्ने केहि नेताहरुको वारेमा यहाँ चर्चा गरिएको छ।

१.दीपक केसी 

काठमाण्डौ महानगरपालिका वडा नं ३ का अध्यक्ष दीपक केसी आसन्न स्थानीय तहको निर्वाचनमा  नेकपा एमालेको  तर्फबाट काठमाण्डौ महानगरपालिका वडा नं  ३ को अध्यक्षमा सम्भावित दावेदारका रुपमा रहेका छन।

२०४९ ,२०५४ र २०७४ सालको निर्वाचनमा वडा नं ३ को अध्यक्षमा निर्वाचित भएर वडा अध्यक्षमा ह्याट्रिक गरेका केसी २०७९ सालमा हुने स्थानीय तहको निर्वाचनमा पनि वडा अध्यक्ष पदको बलिया दावेदार हुन।

२.प्रेम थापा 

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीका सदस्य प्रेम थापा पनि आसन्न स्थानीय तहको निर्वाचनमा  नेकपा एमालेको  तर्फबाट काठमाण्डौ महानगरपालिका वडा नं  ३ को अध्यक्षमा सम्भावित दावेदारका रुपमा रहेका छन।

२०४९ ४ २०७४ सालको निर्वाचनमा वडा नं ३ को सदस्यमा निर्वाचित बनेका थापा बाँसबारी युवा क्लवका अध्यक्ष तथा नेकपा एमाले काठमाण्डौ महानगरपालिका वडा नं ३ कमिटिका इन्चार्ज रहेका छन।

३. कृष्ण राज चालिसे

काठमाण्डौ महानगरपालिका वडा नं  ३ का वडा सदस्य कृष्ण राज चालिसे पनि आसन्न स्थानीय तहको निर्वाचनमा  नेकपा एमालेको  तर्फबाट काठमाण्डौ महानगरपालिका वडा नं  ३ को अध्यक्षमा सम्भावित दावेदारका रुपमा रहेका छन।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा २३७९ मत सहित वडा सदस्यमा निर्वाचित भएका चालिसे विभिन्न सामाजिक गतिविधिमा निरन्तर सक्रिय रहदै आएका छन।

 

तपाइँको प्रतिक्रिया ।