लायन्स क्लब अफ काठमाडौं नयाँपाटी भिक्टोरियसले गर्यो क्यान्सर पिडितलाइ आर्थिक सहयोग
कपन अनलाइन
काठमाडौँ, चैत्र ३ । लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तरगतको लायन्स क्लब अफ काठमाडौं नयाँपाटी भिक्टोरियसले क्यान्सर पिडितलाइ आर्थिक सहयोग गरेको छ। सामाजिक तथा मानवीय कार्यमा सक्रिय लायन्स क्लब अफ काठमाडौं नयाँपाटी भिक्टोरियसले बुधबार बालुवाटार बस्ने क्यान्सर पिडित सुजाता श्रेष्ठको उपचारको लागि रु २५ हजार सहयोग गरेको लायन्स क्लब अफ काठमाडौं नयाँपाटी भिक्टोरियसका चार्टर प्रेसिडेन्ट लायन विख्यात प्रसाद थपलियाले कपन अनलाइनलाइ जानकारी गराए ।
उनले क्यासर पिडितलाई केही भए पनि सहयोग होस् भनी आफ्नो क्लबबाट सहयोग गरेको बताउदै लायन थपलियाले मानव भएर मानवताको सेवा गर्नुपर्ने कुरामा जोड दिदै तपाई ,हामीहरुको सहयोग थोरै भए पनि सहयोगले पिडितको ज्यान बच्न सक्ने भएकोले जति सक्दो सहयोग गरिदिन पनि उनले अनुरोध गरेका छन ।
तपाइँको प्रतिक्रिया ।