चम्पादेवी गाउँपालिका प्रमुख : को को छन नेकपा माओवादी केन्द्रका संभावित दावेदारहरु ?

कपन अनलाइन

ओखलढुंगा  ,चैत्र ३।

बैशाख ३०  स्थानीय तहको निर्वाचन घोषणा संगै अहिले चम्पादेवी  गाउँपालिका ओखलढुंगामा पनि सम्भावित उम्मेदवार र दावेदारहरुका वारेमा अनौपचारिक चर्चा शुरु भएको छ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा तिन वटा वडा जितेको नेकपा माओवादी केन्द्रबाट आगामी निर्वाचनमा पालिका  प्रमुखको पदमा दावेदार गर्ने उम्मेदवारहरुका वारेमा चर्चा परिचर्चा शुरु भएको छ।

नेकपा माओवादी केन्द्रका तर्फबाट पालिका प्रमुखको पदमा दावेदारी दिनसक्ने केहि नेताहरुको वारेमा यहाँ चर्चा गरिएको छ।

१.खड्ग बहादुर कार्की 

नेकपा माओवादी केन्द्र ओखलढुंगाका नेता खड्ग बहादुर कार्की आसन्न स्थानीय तहको निर्वाचनमा चम्पादेवी गाउँपालिका प्रमुख पदको प्रवल दावेदारका रुपमा रहेका छन।

२९७४ सालको स्थानीय तहको निर्वाचनमा गाउँपालिका प्रमुखको उम्मेदवार बन्दा १९३९ मत प्राप्त गरेका कार्की २०५४ सालमा साविक फुलवारी गाविसको अध्यक्षमा निर्वाचित भएका थिए।

२.झलक मान तामाङ 

नेकपा माओवादी केन्द्र ओखलढुंगाका नेता झलक मान तामाङ पनि आसन्न स्थानीय तहको निर्वाचनमा चम्पादेवी गाउँपालिका प्रमुख पदको प्रवल दावेदारका रुपमा रहेका छन।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा चम्पादेवी  गाउँपालिका वडा नं ५ को अध्यक्षमा निर्वाचित भएका तामाङ राजनीति संगै शिक्षा क्षेत्रमा पनि सक्रिय रहेका छन।

३. तिलक बहादुर खड्का

नेकपा माओवादी केन्द्र ओखलढुंगाका नेता तिलक बहादुर खड्का पनि आसन्न स्थानीय तहको निर्वाचनमा चम्पादेवी गाउँपालिका प्रमुख पदको प्रवल दावेदारका रुपमा रहेका छन।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा चम्पादेवी  गाउँपालिका वडा नं ६ को अध्यक्षमा निर्वाचित भएका खड्का विभिन्न सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय रहेका छन।

४.ऋषि न्यौपाने  

नेकपा माओवादी केन्द्र ओखलढुंगाका नेता ऋषि न्यौपाने पनि आसन्न स्थानीय तहको निर्वाचनमा चम्पादेवी गाउँपालिका प्रमुख पदको प्रवल दावेदारका रुपमा रहेका छन।

लामो समयदेखि राजनीतिक क्षेत्रमा सक्रिय रहेका न्यौपाने व्यावसायिक र शिक्षा क्षेत्रमा पनि सक्रिय रहदै आएका छन।

 

 

तपाइँको प्रतिक्रिया ।