गोकर्णेश्वर ५ मा शहरी स्वास्थ्य केन्द्रको उद्घाटन तथा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न
कपन अनलाइन
काठमाडौँ, चैत्र २। गोकर्णेश्वर नगरपालिका वडा नं ५ मा शहरी स्वास्थ्य केन्द्रको उद्घाटन तथा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। वडा कार्यलय संगै रहेको स्वास्थ्य केन्द्रको फाल्गुन ३० गते सोमबार नगर प्रमुख सन्तोष चालिसेले उद्घाटन गरेका हुन् वडा अध्यक्ष नारायण बहादुर सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बिशेष अतिथिको रुपमा नगरपालिकाका उपप्रमुख शान्ती नेपाल प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटा, नगरपालिका प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना, वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ, वडा नं ६का वडा अध्यक्ष रमेश अर्याल, वडा नं ९ का वडा अध्यक्ष राजिब थापा, नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल, स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद उपाध्याय, वडा सदस्यहरुको साथै स्थानीयको उपस्थिति रहेको थियो ।
स्वास्थ्य केन्द्रको उद्घाटन गर्दै नगर प्रमुख सन्तोष चालिसेले स्वास्थ्य क्षेत्रमा उल्लेख्य काम गरेको बताएका छन् ।नागरिकको स्वास्थ्य सेवा पाउने अधिकारलाई पहिलो प्राथमिकतामा राखेको नगरपालिकाले विभिन्न सेवाहरु दिँदै आएको उनले बताएका थिए । उनले गोकर्णमा रहेको नगर अस्पतालले बर्थिङ सेवा सहितको निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिरहेकाले त्यसबाट समेत लाभ लिन आग्रह गरेका थिए ।
कार्यक्रममा वडा सदस्य दुर्गा फुयाल तिमल्सिना, वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ, वडा नं ६ का वडा अध्यक्ष रमेश अर्याल, नगर प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोजकुमार ढुंगाना, नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल, उप प्रमुख शान्ती नेपाल लगायतले शुभकामना मन्तब्य राखेका थिए।कार्यक्रममा वडा अध्यक्ष नारायण बहादुर सुवेदीले वडाले गरेका कामको जानकारी गराउदै उपस्थित सबैलाई धन्यबाद ज्ञापन गरेका थिए ।शहरी स्वास्थ्य केन्द्र जोरपाटीको उद्घाटनको अवसरमा वृहत निःशुल्क स्वास्थ्य शिविर राखिएको थियो भने ४० जना गर्भवती महिलाहरुलाई पोषण सामग्री वितरण गरिएको थियो ।