काठमाण्डौ महानगरपालिका वडा नं ४ अध्यक्ष : को को छन नेकपा एमालेका संभावित दावेदारहरु ?

काठमाण्डौ महानगरपालिका वडा नं ४ अध्यक्ष : को को छन नेकपा एमालेका संभावित दावेदारहरु ?

कपन अनलाइन

काठमाण्डौ ,चैत्र २ ।

बैशाख ३०  स्थानीय तहको निर्वाचन घोषणा संगै काठमाण्डौ महानगरपालिका वडा नं ४  को अध्यक्षमा  सम्भावित उम्मेदवार र दावेदारहरुका वारेमा अनौपचारिक चर्चा शुरु भएको छ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडा अध्यक्ष सहित सबै सदस्य जितेको नेकपा एमालेबाट आगामी निर्वाचनमा वडा अध्यक्ष  पदमा दावेदार गर्ने उम्मेदवारहरुका वारेमा चर्चा परिचर्चा शुरु भएको छ।

शाखा र टोल  कमिटीमा सर्वसम्मत नेतृत्व चयन गरेको नेकपा एमालेका तर्फबाट वडा अध्यक्ष पदमा दावेदारी दिनसक्ने केहि नेताहरुको वारेमा यहाँ चर्चा गरिएको छ।

१. मोहन बहादुर बिस्ट 

नेकपा एमालेका जिल्ला कमिटी सदस्य तथा  नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ५ (२ ) का संयोजक मोहन बहादुर बिस्ट आसन्न स्थानीय तहको निर्वाचनमा काठमाण्डौ महानगरपालिका वडा नं ४  को अध्यक्ष पदका दावेदारका रुपमा रहेका छन।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा ३८१३ मत सहित वडा अध्यक्षमा निर्वाचित भएका बिस्ट लामो समय समय देखि सो क्षेत्रको राजनीतिक र सामाजिक आन्दोलनमा सक्रिय रहदै आएका छन।

२ .धुर्व त्रिपाठी  

नेकपा एमाले काठमाण्डौ महानगर कमिटी सदस्य धुर्व त्रिपाठी पनि आसन्न स्थानीय तहको निर्वाचनमा काठमाण्डौ महानगरपालिका वडा नं ४  को अध्यक्ष पदका दावेदारका रुपमा रहेका छन।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा ३८७९ मत सहित वडा सदस्यमा  निर्वाचित भएका त्रिपाठी   लामो समय समय देखि सो क्षेत्रको राजनीतिक र सामाजिक आन्दोलनमा सक्रिय रहदै आएका छन।

३.दिनेश महर्जन 

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्य दिनेश महर्जन पनि आसन्न स्थानीय तहको निर्वाचनमा काठमाण्डौ महानगरपालिका वडा नं४  को अध्यक्ष पदका दावेदारका रुपमा रहेका छन।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा ४१०० मत सहित वडा सदस्यमा निर्वाचित भएका महर्जन  लामो समय समय देखि सो क्षेत्रको राजनीतिक र सामाजिक आन्दोलनमा सक्रिय रहदै आएका छन।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।