टोखा नगरपालिकामा आजबाट स्वास्थ्य बीमा दर्ता कार्यक्रम शुरु

टोखा नगरपालिकामा आजबाट स्वास्थ्य बीमा दर्ता कार्यक्रम शुरु

कपन अनलाइन

काठमाण्डौ ,चैत्र १।

टोखा नगरपालिकामा आजबाट स्वास्थ्य बीमा दर्ता कार्यक्रम शुरु भएको छ । टोखा नगरपालिकामा आज आयोजित कार्यक्रममा नगर प्रमुख प्रकाश अधिकारीले स्वास्थ्य बीमा दर्ता कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।
सो अवसरमा नगर प्रमुख अधिकारीले आफ्नो स्वास्थ्य बीमा पनि दर्ता गराउनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख अधिकारीले नगरबासीहरुलाई सर्बसुलभ रुपमा स्वास्थ्य सेवा पुर्याउने  उद्देश्यले स्वास्थ्य बीमा कार्यक्रम शुरु गरिएको बताउए  । अधिकारीले स्वास्थ्य बीमा कार्यक्रममा सबै नगरबासीहरुलाई सहभागी हुन आग्रहगरेका थिए  ।

सो अवसरमा नगर प्रमुख अधिकारीले स्वास्थ्य बीमामा आबद्ध भई लाभ लिनुहुन सबै नगरबासीहरुलाई अपिल पनि गरेका थिए  । नगरपालिकाले नगरबासीहरुलाई छिटो, छरितो र प्रभावकारी रुपले स्वास्थ्य सेवा उपलब्ध गराइरहेको नगर प्रमुख अधिकारीको भनाई छ ।

कार्यक्रममा नगर उप–प्रमुख ज्ञानमाया डंगोलले नगरबासीहरुलाई सरल, सहज र प्रभावकारी रुपले स्वास्थ्य सेवा पुर्याउने  उद्देश्यले स्वास्थ्य बीमा कार्यक्रम शुरु गरिएको बताउएकि छन  । स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुन सबै नगरबासीहरुलाई आग्रह गरिन ।

कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकरराज पाठक, वडा अध्यक्षहरु लगायत जनप्रतिनिधिहरु, प्रशासकीय अधिकृत अनिल प्रसाद जोशी लगायत स्वास्थ्य बीमा बोर्डका कर्मचारीहरु र नगरपालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।