कपन संगीत सरोवर १८४ औ शृंखला प्रस्तुत

कपन संगीत सरोवर १८४ औ शृंखला प्रस्तुत

कपन अनलाइन

काठमाडौ,  फागुन २९  ।

बुढानीलकण्ठ नगरपालिका वार्ड नं ११ मा रहेको कपन संगीत सरोवरले  फागुन २८ गते आफ्नो नियमित कार्यक्रमको १८४ औ शृंखला  प्रस्तुत गर्यो । २०६४ सालमा स्थापित यस संगीत सरोवरले हरेक महिनाको अन्तिम शनिवार साँझ नियमितरुपमा भक्ती तथा शास्त्रीय संगीतको कार्यक्रमको आयोजना गर्दै आएको छ ।

कपन बंगलामुखी मन्दीर परिसरमा रहेको संस्थाको आफ्नै डवलीमा आयोजित कार्यक्रममा बरिष्ठ कलाकारहरु कौशल किशोर अर्याल र सागर न्यौपानेले भजन गायन प्रस्तुत गर्नु भएको थियो भने सुप्रसिद्ध शास्त्रीय संगीतज्ञ श्री के.सी.ले ध्रुपद गायनहरु प्रस्तुत गर्नु भएको थियो । आजको कार्यक्रमको प्रायोजन चावहिल स्थित ब्रीलेण्ट बहुमुखी कलेजले गरेको थियो ।

सो कलेजका प्राचार्य दुर्गा प्रसाद नेपालले कार्यक्रममा मन्तव्य राख्दै साहित्य र संगीतले मानिसलाई शान्ती र आनन्द दिने र तनावमुक्त गराउदै सृजनशील बनाउने हुँदा संस्थाको यस्तो कृयाकलाप समाजसेवाको उत्कृष्ट कार्य भएको भन्ने समेत भनाइ राख्नु भयो ।

भक्ती तथा शास्त्रीय संगीतको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष बिसुकुमार केसी र सदस्यहरु लगायत स्थानीय जनसमुदाय वरपरका संगीत प्रेमीहरुको उपस्थिती रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।