गोकर्णेश्वरका ९ वडाहरुमा यस्तो थियो मत परिणाम : ३ देखि ३७९ सम्म मत अन्तर

गोकर्णेश्वरका ९ वडाहरुमा यस्तो थियो मत परिणाम : ३ देखि ३७९ सम्म मत अन्तर

कपन अनलाइन

काठमाण्डौ ,फागुन २७।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा गोकर्णेश्वर  नगरपालिकाका वडाहरुको मतपरिणाम हेर्दा सबैभन्दा बढी ३७९  देखि सबैभन्दा कम ३  मत अन्तर रहेको थियो।

गोकर्णेश्वरनगरपालिका वडा नं ९ मा सबैभन्दा बढी  मत अन्तर रहेको थियो भने वडा नं २ मा सबै भन्दा कम मत अन्तर रहेको थियो। बुढानिलकण्ठ नगरपालिकाका तिन वटा वडामा १०० भन्दा कम मत अन्तर रहेको थियो। नगरपालिकाका वडा नं२ ,७ र ८ मा  क्रमस ३ ,१०  र १४  मत अन्तर रहेको थियो।

निर्वाचन आयोगको मत परिणाम अनुसार वडा नं १ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार राम मानन्धर ८२०  मत सहित विजयी बनेका थिए भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका द्वारिका श्रेष्ठले ७०३ मत प्राप्त गरेका थिए।यो वडामा ११७ मत अन्तर रहेको थियो।

वडा नं २ को अध्यक्षमा रास्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कृष्ण बहादुर पण्डित क्षेत्रीले ६४८ मत सहित विजयी बनेका थिए भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका मधु तामाङले ६४५ मत प्राप्त गरेका थिए।यो वडामा ३  मत अन्तर रहेको थियो।

वडा नं ३  को अध्यक्षमा नेपाली कांग्रेसका राजेन्द्र भण्डारीले ८७८  मत सहित विजयी बनेका थिए भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका गोकुल बिस्टले ६८७  मत प्राप्त गरेका थिए।यो वडामा १९१  मत अन्तर रहेको थियो।

वडा नं ४  को अध्यक्षमा नेकपा एमालेका श्रीकुमार श्रेष्ठ  १०९५  मत सहित विजयी बनेका थिए भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका राधाकृष्ण श्रेष्ठले ९१२ मत प्राप्त गरेका थिए।यो वडामा १८३  मत अन्तर रहेको थियो।

वडा नं ५  को अध्यक्षमा नेपाली कांग्रेसका नारायण सुबेदी १५२६ मत सहित विजयी बनेका थिए भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका केदारनाथ सापकोटाले १३३१ मत प्राप्त गरेका थिए।यो वडामा १९५  मत अन्तर रहेको थियो।

वडा नं ६ को अध्यक्षमा नेपाली कांग्रेसका रमेस अर्याल १५६०  मत सहित विजयी बनेका थिए भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका खम बहादुर बोगटीले  १३४२  मत प्राप्त गरेका थिए।यो वडामा २१८  मत अन्तर रहेको थियो।

वडा नं ७  को अध्यक्षमानेकपा एमालेका  केशव गुरुङ ३९० मत सहित विजयी बनेका थिए भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका श्याम सुन्दर रायमाझीले  ३८० मत प्राप्त गरेका थिए।यो वडामा १० मत अन्तर रहेको थियो।

वडा नं ८ को अध्यक्षमा नेपाली कांग्रेसका   मनोज कुमार ढुंगाना ११३३ मत सहित विजयी बनेका थिए भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका बिनोद प्रसाद चापागाईले १११९ मत प्राप्त गरेका थिए।यो वडामा १४  मत अन्तर रहेको थियो।

वडा नं ९  को अध्यक्षमा नेपाली कांग्रेसका राजीव थापा  ५९४  मत सहित विजयी बनेका थिए भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका शिव प्रसाद पौडेलले २१३ मत प्राप्त गरेका थिए।यो वडामा ३७९  मत अन्तर रहेको थियो।

तपाइँको प्रतिक्रिया ।