रास्ट्रपति रनिङ्ग शिल्ड : बुढानिलकण्ठ स्कुल पहिलो र बालउद्दार नमुना मावी दोश्रो स्थानमा

रास्ट्रपति रनिङ्ग शिल्ड : बुढानिलकण्ठ स्कुल पहिलो र बालउद्दार नमुना मावी दोश्रो स्थानमा

कपन अनलाइन

काठमाण्डौ,फागुन २६।

“राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद” नारा सहित बुढानीलकण्ठ नगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाको आयोजनामा फागुन २३ गते देखि  फागुन २५ गते सम्म सञ्चालन भएको प्रतियोगितामा बूढानीलकण्ठ स्कुलले  १८ वटा स्वर्ण पदक, ११ रजत पदक र ३ वटा कांस्य पदक हात पारे सँगै प्रतियोगिताको उपाधि जित्न सफल भएको हो ।

बुढानीलकण्ठ नगरपालिका सामाजिक विकास समितिकी संयोजक शान्ता ढकालको अध्यक्षता र नगर प्रमुख उद्दव खरेलको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा बिजेता बनेको  बुढानीलकण्ठ स्कुलले उपाधीसंँगै ५० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगिताको द्वित्तिय ट्रफिको लागि ७ वटा स्वर्ण पदक, ५ वटा रजत पदक र ७ वटा कांस्य पदक जितेर वडा नं १० कपन स्थित बालउद्दार नमुना  मावी  उपबिजेता बनेको छ ।

यस्तै नारायण्स्थान स्थित बुढानीलकण्ठ मावी  २ स्वर्ण पदक, १ रजत पदक र ५ वटा कांस्य पदक सहित प्रतियोगिताको तृत्तिय स्थानमा  पर्न सफल भयो ।

सामुदायिक र संस्थागत २४ वटा माध्मिक विद्यालयहरू सहभागी भएको यस प्रतियोगितामा भलिबल (छात्र तथा छात्रा), कबड्डी (छात्र तथा छात्रा), ट्रयाक दौड र रिले दौड, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो , मार्सल आर्ट लगायत तेक्वान्दो जस्ता खेलहरु समावेश थिए । जसअन्तर्गत ४७६ जना छात्र र ३५३ छात्रा सहित ८२९ जना खेलाडिहरुले खेलहरुमा प्रत्यक्ष सहभागिता जनाएको आयोजकले विवरण दिएको छ ।

 

तपाइँको प्रतिक्रिया ।