बुढानिलकण्ठ नगर प्रमुख पदको उम्मेदवारमा औपचारिक घोषणाको तयारीमा बिनोद चालिसे
कपन अनलाइन
काठमाण्डौ ,फागुन २४।
नेपाली कांग्रेसका महाधिवेसन प्रतिनिधि बिनोद चालिसेले बुढानिलकण्ठ नगर प्रमुख पदको औपचारिक घोषणाको तयारीमा लागेको बताएका छन।
नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ का पुर्व सचिव चालिसेले फागुन २४ गते संचारकर्मीहरु संगको अनौपचारिक भेटघाटमा चाडै नै आफ्ना योजना र मुद्दाहरु सहित नगर प्रमुख पदमा उम्मेदवारी घोषणा गर्ने तयारी गरेको जानकारी दिएका हुन।
नेपाल विद्यार्थी संघबाट राजनीतिमा प्रवेस गरेका चालिसेले कपन क्षेत्रको सामाजिक ,साहित्यिक र सांगीतिक विकासमा सक्रिय व्यक्तित्व विसु कुमार केसी र नेपाल तरुण दल बुढानिलकण्ठका सभापति तथा नेपाली कांग्रेस बुढानिलकण्ठका सभापति उम्मेदवार राजुविक्रम थापाको अर्थपूर्ण उपस्थितिमा आगामी निर्वाचनमा नगर प्रमुख पदमा उठ्ने तयारी गरेको जानकारी दिएका छन।
साविक कपन गाविसमा नेपाली कांग्रेस इकाई सभापति तथा नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ (२) का पुर्व सभापति समेत रहेका चालिसेले अहिले आफु आगामी निर्वाचनका मुद्दा र विषयहरुका वारेमा विभिन्न क्षेत्रका व्यक्तित्वहरु संग सघन छलफलमा रहेको भन्दै केहि समय पछी औपचारिक उम्मेदवारी घोषणा गर्ने बताएका छन।
स्थानीय रुपमा सक्रिय रहेका संचार माध्यमहरु संग सुझाव माग गर्दै चालिसेले उक्त भेटघाटमा आउने निर्वाचनमा बुढानिलकण्ठ नगरपालिकामा नेपाली कांग्रेसको प्रभावशाली उपस्थिति सहित विकासको नयाँ आयाम कोर्न आफुले उम्मेदवारी दिने तयारी गरेको बताएका थिए।