नेपाली कांग्रेस काठमाण्डौ जिल्ला सचिव इन्द्र बहादुर थापा को हुन् ?

नेपाली कांग्रेस काठमाण्डौ जिल्ला सचिव इन्द्र बहादुर थापा को हुन् ?

कपन अनलाइन

काठमाण्डौ ,फागुन २२।

नेपाली कांग्रेसको १४ औ महाधिवेसनमा काठमाण्डौ जिल्ला कार्य समितीको सचिवमा नीर्वाचित बनेका इन्द्र बहादुर थापा  बुढानिलकण्ठ नगरपालिकाका पुराना कांग्रेस नेता हुन् ।

लामो समय देखि नेपाली कांग्रेसका विभिन्न समिती तथा जिम्मेवारीमा रहेर सक्रिय योगदान पुर्याएका थापा सामाजिक र शैक्षिक अभियानमा पनि सक्रिय रहेका छन।

को हुन् इन्द्र बहादुर थापा ? 

२०२५ साल भाद्र १५ गते पिता जगत बहादुर थापा र माता कृष्ण कुमारी थापाको सन्तानका रुपमा जन्मिएका बुढानिलकण्ठ नगरपालिका वडा नं २ निवासी इन्द्र बहादुर थापाले २०४३ सालमा नेपाल विद्यार्थी संघको सदस्यता प्राप्त गर्दै औपचारिक रुपमा राजनीतिमा प्रवेस गरेका थिए।

पंचायती व्यवस्था विरुद्ध आन्दोलनमा सक्रिय रहेका पार्टीका नेताहरुलाई आफ्नै निवासमा शेल्टरको व्यवस्थापनमा सक्रिय रहेर योगदान पुर्याएका थापाले २०४६ सालमा नेपाली कांग्रेसको साधारण सदस्यता प्राप्त गरेका थिए भने २०४८ सालमा क्रियाशील सदस्यता प्राप्त गरेका थिए।

२०४८ र २०५१ सालको प्रतिनिधि सभाको निर्वाचनमा र २०४९ सालको स्थानीय निकायको निर्वाचनमा विभिन्न भूमिकामा रहेर नेपाली कांग्रेसलाई विजयी बनाउन सक्रियता पुर्वक लागेका थापा २०५३ सालमा क्षेत्रीय कमिटी सदस्य बनेका थिए।

२०६२/६३ जन आन्दोलनमा भूमिगत भएर निरंकुसता विरुद्ध सक्रिय नेताहरुलाई आफ्नो निवासमा शेल्टर प्रदान गर्दै आन्दोलनमा होमिएका थापाले २०६४ सालमा काठमाण्डौ क्षेत्र नं ४ मा नेपाली कांग्रेसको उम्मेदवारलाई विजयी बनाउनका लागि महत्वपूर्ण योगदान दिएका थिए।

त्यस्तै २०७० र २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारहरुलाई काठमाण्डौ क्षेत्र नं ४ मा निर्वाचित गराउन भूमिका निर्वाह गरेका थापा राजनीति संगै समाजसेवा तथा मानवीय सेवामा पनि उत्तिकै सक्रिय रहेका छन।

२०७२ सालको भूकम्पको समयमा काठमाण्डौ क्षेत्र नं ४ को स्वयंसेवक संयोजक रहेर विभिन्न स्थानमा घर टहरा निर्माण ,मानवीय सहयोग तथा भत्किएका संरचनाहरुको व्यवस्थापन कार्यको नेतृत्व गरेका थापा सोहि साल नेपाली कांग्रेस काठमाण्डौ जिल्ला कार्यसमितिको सदस्य बनेका थिए।

२०७२ सालमा बुढानिलकण्ठ प्रहरी प्रभागको भवन निर्माणका लागि शान्ति मन्त्रालयबाट बजेट व्यवस्थापन गरेर भवन निर्माणमा योगदान दिएका थापाले  वडा नं  २ मा रहेको गणेश मावीको दुई पटक विद्यालय व्यवस्थापन समितीको अध्यक्ष रहेर भौतिक पूर्वाधार र शैक्षिक विकासमा समेत योगदान दिएका छन। थापाको कार्यकालमा विद्यालय भवन स्थानान्तरण तथा तिन वडा नयाँ भवन निर्माण भएका थिए।

वडा नं २ मा रहेको पन्चकन्या सामुदायिक बनमा रहेको गिरिजाप्रसाद कोइराला शान्ति पार्क निर्माणको अगुवाई गरेका उनले रुद्रमती सरसफाई महाभियानमा पनि निरन्तर योगदान पुर्याउदै आएका छन।

फागुन २१ गते शुरु भएको रुद्रमती सरसफाई महाभियानका संयोजक समेत रहेका थापाले कोरोना प्रकोपको समयमा विभिन्न अभियान र कार्यक्रम मार्फत मानवीय सेवा गरेका छन भने विभिन्न विकास योजनाहरुका लागि बजेट व्यवस्थापन र निर्माणमा सहजीकरण समेत गरेका छन।

बुढानिलकण्ठ नगरपालिकालाई नेपालकै नमुना नगरपालिकाका रुपमा विकास गर्न सकिने बताउदै आएका थापाले चाडै नै आफ्नो अवधारणा र संकल्प पत्र सार्वजनिक गर्ने जानकारी दिएका छन।

 

 

 

तपाइँको प्रतिक्रिया ।