ब्लोदान शंखरापुरले आज साँखुको चलाखु टोलमा रक्तदान गर्दै
कपन अनलाइन
काठमाडौं फाल्गुन २१।विना शोधभर्ना विरामीलाई रगत उपलब्ध गराउन स्वयंसेवी रक्तदान अभियानमा सहभागी होऔँ भन्ने नारा सहित सातौँ राष्ट्रिय रक्तदाता दिवसको अवसरमा ब्लड डोनर्स एसोसिएसन नेपाल ब्लोदान साँखुले रक्तदान कार्यक्रम गर्ने भएको छ । आज फाल्गुन २१ गते साँखुको चलाखु टोलमा बिहान १० बजेदेखि सञ्चालन हुने उक्त रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार सेवा भक्तपुर र चलाखु टोल सुधार समितिको सहयोग रहेको छ । सम्पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई सुरक्षित तवर बाट संचालन गरिने उक्त रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गर्न आयोजकले अनुरोध गरेको छ ।
तपाइँको प्रतिक्रिया ।