जनप्रतिनिधि र कर्मचारी एक रथका दुई पाङ्ग्रा हुन :नगर प्रमुख कृष्णहरि थापा

जनप्रतिनिधि र कर्मचारी एक रथका दुई पाङ्ग्रा हुन :नगर प्रमुख कृष्णहरि थापा

कपन अनलाइन

काठमाडौँ,फाल्गुन २०। स्वच्छ सफा हराभरा बनाऔं कागेश्वरी मनोहरा भन्ने मूल नाराको साथमा कागेश्वरी मनोहरा नगरपालिकाले जन प्रतिनिधि र कर्मचारी बीच ५ बर्षको सहयात्रा विकास निर्माण लगायतका बिषयमा समिक्षा बैठक सम्पन्न गरेको छ। फाल्गुन १९ गतेबिहिबार  नर्लिंग रिसोर्टमा     सम्पन्न उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख जनप्रतिनिधिहरु र कर्मचारीहरुले एकापसमा सहकार्य र समन्वय गरेर कार्य गरेका कारण नगरको विकासले फड्को मारेको जानकारी गराएका थिए ।

स्थानीय तह जनताको नजिकको देखिने, सुनिने र छिट्टै अनुभूत गरिने सरकार भएको हुँदा सरकारको योग्यता, क्षमता, क्रियाशीलता, इमान र विश्वसनीयता शासन प्रणालीमा सर्वाधिक महत्वका पक्ष भएको बताए। उनले  माथिल्लो तहका सरकारहरू कतिपय विषयमा जनतामा पुग्ने माध्यम स्थानीय सरकार भएको हुँदा प्रभावकारी स्थानीय सरकार प्रभावकारी सेवा प्रवाहका पर्याय भएको बताए । उनले तिनै वटै सरकार संगको समन्वयमा नगरमा धेरै काम भएको बताएका थिए।

जनशक्तिको आवश्यकता, माग र आपूर्तिबीच तालमेल नमिल्नु र केन्द्रबाट गए कर्मचारीको केन्द्रीकृत सोच, अनुभव एव स्थानीय तहका जनप्रतिनिधिको स्थानीयताको ज्यादा गुरुत्वबीच सामञ्जस्य कायम हुन नसक्दा कार्यसम्पादन र सेवा प्रवाहमा समस्या र अस्पष्टता देखिएको भए पनि नगरपालिकामा जन प्रतिनिधि र कर्मचारी बीच समन्वय हुँदा धेरै  काम भएको बताए। उनले जनप्रतिनिधि र कर्मचारी एक रथका दुई पाङ्ग्रा भएको उल्लेख गर्दै  रथ आफ्नो गतिमा गुड्नको लागि दुवै पाङ्ग्रा चुस्त दुरुस्त हुनु आवश्यक भए जस्तै योजना तथा आयोजना रुपी रथ समयमै गन्तव्यमा पुग्नको लागि जनप्रतिनिधि तथा कर्मचारीको प्रभावकारी क्रियाशीलता, समन्वय र सहकार्य आवश्यक पर्ने बताएका थिए ।उनले कोरोना रोकथाम देखि लिएर अन्य काममा पनि कर्मचारीले खेलेको भूमिकाको प्रसंशा गरेका थिए।

जनप्रतिनिधिहरु ‘हामीहरु’ पार्टीबाट निर्वाचित भएर आए पनि स्थानिय जनताको निर्देशन अनुसार काम गरेको उनको भनाई थियो । उनले भने, “म र मेरो नेतृत्वमा रहेको जनप्रतिनिधिहरुको टिमले कार्यभार सँहाले देखिनै हामि नागरिकका प्रतिनिधी हौ भन्ने भावना अनुशरण गरेकाले आफु र आफ्नो टिम सफल भएको हो ।”थापाले स्थानिय जनप्रतिनिधी नागरिकको घरदैलोको सरकार भएको भन्दै कर्मचारिहरुलाई मिठो बोली र मधुर मुस्कानसहित सेवा दिन आग्रह गरे । उनले भने,-“हामी नागरिकका घरघरमा पुग्छौ, सेवाग्राहीलाई कुन कर्मचारीले कस्तो ब्यबहार गरेको छ थाहा हुन्छ, त्यसकारण कर्मचारीले आफ्नो जिम्मेवारीको काम खुसिसाथ गर्नुपर्छ ।”

२०७४ साल जेठ १० गते यता नगरपालिकाले पाँचवटा नगरसभा सम्पन्न गरेको र पहिलो बर्षभन्दा दोस्रो बर्ष, दोस्रो बर्षभन्दा तेस्रो बर्ष हुँदै पाँचै बर्षसम्म आईपुग्दा बजेटको दयरा फराकिलो पार्दै ५ बर्षमा ६ अर्बर ९८ करोडको बजेट बनाएको उनको भनाई रहेको थियो  ।

उनका अनुुसार नगरपालिकामा पाँच बर्षको अवधिमा ५ अर्ब बिकास निर्माणको काममा खर्च भएको छ भने एक अर्बको कम हुन बाँकी छ ।देशका विभिन्न क्षेत्रमा जनप्रतिनिधिहरुले तलबभन्दा नलिने भनेर घोषणा भईरहेको अवस्थामा आफुले पहिलो पटक नगरपालिकाका जनप्रतिनिधिहरुलाई तलवको व्यवस्था गरेको र कर्मचारीहरुलाई खाजा भत्ताको व्याबस्था गरेको उनले दावी गरे । यसले जनप्रतिनिधिहरुलाई काम गर्न हौसला मिलेको र कर्मचारीहरुलाई खाजा भत्ता दिएर थप हौसला दिएको उनको भनाई रहेको  थियो ।नगरपालिकाका भित्र ५ बर्षयता संचालन भएका बिकास निर्माणका काम र गतिविधिहरुसँग नगरवासी, स्थानिय नागरीकहरुको सहभागीता कस्तो रह्यो भन्ने बिषयमा समेत छलफल गर्न  सो कार्यक्रमको आयोजना गरिएको उनले बताए।

 

नगरपालिकाले कर्मचारीहरुको बृति बिकास र नगरबाट पाउने सुबिधा उपलब्ध गराइरहेको जानकारी दिदै  निर्वाचित भए देखि नै नगरको विकासमा  लागिपरेको जानकारी गराए ।उनले पूर्वाधार विकास, सामाजिवक विकास, शिक्षा, स्वास्थ्य, पर्यटन प्रबद्र्धन, साँस्कृतिक सम्पदाहरुको संरक्षण, बालमैत्री स्थानीय शासन, शहरीकरण व्यवस्थापन, पार्क निर्माण, वातावरण, फोहरमैला व्यवस्थापन, कृषिको आधुनिकीकरण र सेवा प्रवाहका कामहरुलाई प्राथमिकता दिएर कार्य गरिरहेको नगर प्रमुख थापाले   बताएका थिए । नगरको अहित हुने कुनै पनि काम नगरेको जानकारी दिदै नगरपालिकालाई सुशासनमैत्री र जवाफदेही बनाइएको नगर प्रमुख थापाको भनाई रहेको थियो  ।

तपाइँको प्रतिक्रिया ।