न्यायिक समितिले राजनीतिक आग्रह र पूर्वाग्रह नराखी मेलमिलाप बाट मुद्दाहरु समाधान गर्दै आएको छ : उप प्रमुख बिन्दु पुडासैनी सिम्खडा

न्यायिक समितिले राजनीतिक आग्रह र पूर्वाग्रह नराखी मेलमिलाप बाट मुद्दाहरु समाधान गर्दै आएको छ : उप प्रमुख बिन्दु पुडासैनी सिम्खडा

कपन अनलाइन

काठमाडौँ,फाल्गुन २०।  स्वच्छ सफा हराभरा बनाऔं कागेश्वरी मनोहरा भन्ने मूल नाराको साथमा कागेश्वरी मनोहरा नगरपालिकाले जन प्रतिनिधि र कर्मचारी बीच ५ बर्षको सहयात्रा विकास निर्माण लगायतका बिषयमा समिक्षा बैठक बोल्दै नगर उप प्रमुख बिन्दु पुडासैनी सिम्खडाले नगरको समग्र विकास र समृद्धिका साथ साथै न्यायिक समितिका कामहरु र लक्षित बर्गका कार्यक्रमहरुलाई व्यवस्थित बनाई कार्यान्वयन गरेको बताएकी थिइन ।

उनले विकास निर्माणको अनुगमन देखि लिएर न्यायिक समितिमा आएका मुद्दाहरुलाइ ‘हाम्रो विवाद : हाम्रै समाधान’ भन्ने मूलभूत मान्यताका साथ  मेलमिलाप नीति मार्फत  बाट निरुपण गर्दै आएको जानकारी गराएकी थिइन। विवादको जुनसुकै विषय, कारण वा स्रोत भएतापनि यसको उचित समाधान गर्नुपर्छ।  विवादलाई सही समयमा नै उचित तरिकाबाट समाधान गर्न सकिएन भने यसले उग्र रूप लिन सक्छ भनेर मेलमिलाप कर्ता मार्फत मेलमिलाप गराइदै आएको जानकारी गराएकी थिइन ।

मुद्दाको पक्ष र विपक्षको कुरा सुनेर निष्पक्ष न्याय सम्पादन गर्न समितिलाई चुनौती भए पनि मेलमिलापको माध्यमबाट विवाद समाधानमा समितिको भूमिका प्रभावकारी रहेको बताएकी थिइन। स्थानीय तहमा जनप्रतिनिधिहरू कुनै न कुनै पार्टीहरूबाटै निर्वाचित भएका हुन्छन्। पीडित र पीडक दुवैले राजनीतिकरूपमा अविश्वास गर्ने सम्भावना पनि नकार्न सकिदैन भन्दै उप प्रमुख सिम्खडाले भनिन ‘जनप्रतिनिधि भएपछि पार्टीगत रूपमा व्यवहार गर्ने कुरो नै आउँदैन, त्यसमाथि न्याय गर्दा पक्ष लिनु झन् पाप हो ।’ विवादको दुवै पक्षले सन्तुष्ट हुने गरी फैसला गर्दै आएको बताउँदै उनले भनिन   ‘कसैप्रति नै राजनीतिक आग्रह र पूर्वाग्रह  नराखी मेलमिलाप बाट समाधान गर्दै आएको बताइन।

उनले जनप्रतिनिधिहरुको टिम एक ढिक्का भएर विकास निर्माणको काममा अघि बढेको जसमा नगरबासीहरुको साथ र सहयोग रहेको जानकारी गराएकी थिइन । उनले नगरमा धेरै ऐन कानुन र कार्यविधि समेत  निर्माण गरेको  हुँदा पछि आउने जनप्रतिनिधिहरुलाई काम गर्न सहज हुने पनि बताएकी थिइन ।

तपाइँको प्रतिक्रिया ।