अल नेपाल यूवा क्लब गोकर्णेश्वर ४ द्वारा आयोजित खुल्ला नकआउट पुरुष भलिबल प्रतियोगिता शुरु

अल नेपाल यूवा क्लब गोकर्णेश्वर ४ द्वारा आयोजित खुल्ला नकआउट पुरुष भलिबल प्रतियोगिता शुरु

कपन अनलाइन 

काठमाडौँ, फाल्गुन २० अल नेपाल यूवा क्लब गोकर्णेश्वर ४ ले स्थगित गरेको   खुल्ला नकआउट पुरुष भलिबल प्रतियोगिता  शुरु  भएको छ  ।विश्वव्यापि फैलिएको कोरनाको तेस्रो लहरको कारणले यस अघि तोकिएको मिति र समयमा सम्पन्न गराउन नसकेकोमा क्षमा याचना गर्दै क्लबले ग्याल्बो लोसारको अवसर पारेर प्रतियोगिता संचालन गरेको हो ।

 

 

फाल्गुन  १९ गते देखि फाल्गुन २१  गते सम्म संचालन हुने   उक्त प्रतियोगिता  गोकर्णेश्वरनगरपालिका  वडा नं. ९ आरुवारी, गैरीगाउँस्थित भलिबल कोर्टमा संचालन भएको छ क्लबका अध्यक्ष दोर्ची शेर्पाको अध्यक्षतामा भएको उद्घाटन सत्रका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे रहेका थिए भने  बिशेष अतिथिमा  नेपाल भलिबल संघका उपाध्यक्ष कुमारराज सुवेदी,   गोकर्णेश्वर नगरपालिका युवा तथा  खेलकुद विकास समितिका संयोजक संजय लामा, भेनस नेसनल कलेजका क्याम्पसका अध्यक्ष पेमा छिरी शेर्पा, क्याम्पस प्रमुख कृष्ण गौतम  आयोजक समितिका पदाधिकारी सहित खेलाडी रेफ्री र खेलप्रेमी दर्शकहरुको उपस्थिति रहेको थियो ।

 

कुल ९ टिमले सहभागिता जनाएको उक्त प्रतियोगितामा प्रथम दितीय र तृतीय हुनेले नगद पुरस्कार क्रमश रु १ लाख , रु ५० हजार र रु  २५ हजारसहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जानकारी गराएको छ    । प्रतियोगितामा  अनुशासित खेलाडी, उत्कष्ट स्पाईकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट लिफ्टरले ट्रफि, मेडल र प्रमाण पत्र  प्राप्त गर्नेछ भने । क्वाटर फाइनलदेखि म्यान अफ दि म्याच ट्रफिको समेत व्यवस्था रहेको जानकारी गराएको छ  । उद्घाटन सत्रमा बोल्ने बक्ताहरुले खेलाडीहरुलाई अनुसाशित भएर खेल्न अनुरोध गर्दै जितको शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रममा नृत्य मार्फत मनोरञ्जन समेत प्रदान गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।