बुढानिलकण्ठका १३ वडाहरुमा यस्तो थियो मत परिणाम : १९ देखि १३७७ सम्म मत अन्तर
कपन अनलाइन
काठमाडौँ, फाल्गुन १८।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिकाका वडाहरुको मतपरिणाम हेर्दा सबैभन्दा बढी १३७७ देखि सबैभन्दा कम १९ मत अन्तर रहेको थियो।
बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा सबैभन्दा बढी मत अन्तर रहेको थियो भने वडा नं ५ मा सबै भन्दा कम मत अन्तर रहेको थियो। बुढानिलकण्ठ नगरपालिकाका तिन वटा वडामा १०० भन्दा कम मत अन्तर रहेको थियो। नगरपालिकाका वडा नं ३ ,५ र ७ मा क्रमस ८६,१९ र ७० मत अन्तर रहेको थियो।
निर्वाचन आयोगको मत परिणाम अनुसार वडा नं १ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार सुरेन्द्र लामा ६७७ मत सहित विजयी बनेका थिए भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका बाबुराम लामाले ४४० मत प्राप्त गरेका थिए। सो वडामा २३७ मत अन्तर रहेको थियो।
वडा नं २ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार राजेन्द्र खड्का १०४१ मत सहित विजयी बनेका थिए भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका मधुसुदन खड्काले ६८७ मत प्राप्त गरेका थिए।सो वडामा ३५४ मत अन्तर रहेको थियो।
वडा नं ३ को अध्यक्षमा नेकपा एमालेका तत्कालिन उम्मेदवार बालकृष्ण श्रेष्ठ ( हाल नेकपा एकीकृत समाजवादी ) ७३९ मत सहित विजयी बनेका थिए भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका हर्ष बहादुर ठकुरी ( हमाल ) ले ६५३ मत प्राप्त गरेका थिए।सो वडामा ८६ मत अन्तर रहेको थियो।
वडा नं ४ को अध्यक्षमा नेपाली कांग्रेसका राजु खड्काले १११७ मत सहित विजयी बनेका थिए भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका कैलाश खड्काले ५१३ मत प्राप्त गरेका थिए।सो वडामा ६०४ मत अन्तर रहेको थियो।
वडा नं ५ को अध्यक्षमा नेकपा एमालेका विजय तामाङले ४०५ मत सहित विजयी बनेका थिए भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका भिमसेन ठकुरीले ३८६ मत प्राप्त गरेका थिए।सो वडामा १९ मत अन्तर रहेको थियो।
वडा नं ६ को अध्यक्षमा नेपाली कांग्रेसका नबिन केसी ७५१ मत सहित विजयी बनेका थिए भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका प्रदिप डंगोलले ५२७ मत प्राप्त गरेका थिए।सो वडामा २२४ मत अन्तर रहेको थियो।
वडा नं ७ को अध्यक्षमा नेकपा एमालेका बस नारायण महर्जन ६२६ मत सहित विजयी बनेका थिए भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका राजेन्द्र महर्जनले ५५६ मत प्राप्त गरेका थिए।सो वडामा ७० मत अन्तर रहेको थियो।
वडा नं ८ को अध्यक्षमा नेकपा एमालेका सुमन तामाङ १११६ मत सहित विजयी बनेका थिए भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका सानु कुमार खत्रीले ७७४ मत प्राप्त गरेका थिए।सो वडामा ३४२ मत अन्तर रहेको थियो।
वडा नं ९ को अध्यक्षमा नेकपा एमालेका राजेन्द्र सापकोटा ९२० मत सहित विजयी बनेका थिए भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका शंकर आचार्यले ५७४ मत प्राप्त गरेका थिए।सो वडामा ३४६ मत अन्तर रहेको थियो।
वडा नं १० को अध्यक्षमा नेकपा एमालेका नवराज भट्टराई २४१० मत सहित विजयी बनेका थिए भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका डिल्ली प्रसाद डोटेलले १०३३ मत प्राप्त गरेका थिए।सो वडामा १३७७ मत अन्तर रहेको थियो।
वडा नं ११ को अध्यक्षमा नेकपा एमालेकाराजु अधिकारी १२७५ मत सहित विजयी बनेका थिए भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका अच्युत पौडेलले १०५६ मत प्राप्त गरेका थिए।सो वडामा २१९ मत अन्तर रहेको थियो।
वडा नं १२ को अध्यक्षमा नेकपा एमालेका शम्भु भट्टराई १३८४ मत सहित विजयी बनेका थिए भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका होमनाथ तिमल्सिनाले १०२७ मत प्राप्त गरेका थिए।सो वडामा ३५७ ९ मत अन्तर रहेको थियो।
वडा नं १३ को अध्यक्षमा नेकपा एमालेका श्रीकृष्ण श्रेष्ठ १०८५ मत सहित विजयी बनेका थिए भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका महेन्द्र श्रेष्ठले ७५७ मत प्राप्त गरेका थिए।सो वडामा ३३८ मत अन्तर रहेको थियो।