स्वतन्त्र टोल सुधार समिति गोकर्णेश्वर ३ को प्रथम बार्षिक साधारण सभा सम्पन्न

कपन अनलाइन

काठमाडौँ, फाल्गुन १६ ।   गोकर्णेश्वर नगरपालिका वडा नं ३ सुन्ताखानमा रहेको स्वतन्त्र टोल सुधार समितिको प्रथम बार्षिक साधारण सभा सम्पन्न भएको छ। शनिबार श्री देबी बाल सुधार माबीको प्राङ्गणमा भएको उक्त बार्षिक साधारण सभाको प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे रेहेका थिए भने बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका प्रमुख सल्लाहकार दिपक रिसाल, गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा सदस्य लक्ष्मण लामा गोले, शम्भु बहादुर बिष्ट गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समिति संयोजक संजय लामा नेपाली कांग्रेस गोकर्णेश्वर नगर सभापति कुमार लामा,

नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं ३ इकाई सभापति श्याम श्रेष्ठ, समाजसेवी रामराज थापा, गोकर्णेश्वर नगरपालिका  सार्वजनिक जग्गा संरक्षण समितिका संयोजक किरण बहादुर बिष्ट महानगरीय प्रहरी प्रभाग गोकर्णका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक रामजी घिमिरे , श्री देबी बालसुधार माविका प्रधानाध्यापक सिताराम गिरी, लगायत बिभिन्न संघ संस्थाका पदाधिकारी सहित स्थानीयको उपस्थिति रहेको कार्यक्रममा स्वागत मन्तब्य सहित  स्वतन्त्र टोल सुधार समितिका अध्यक्ष जयराम बिष्टले अध्यक्षता  ग्रहण गरेका थिए भने  कार्यक्रम संचालन स्वतन्त्र टोल सुधार समितिका सचिब बिमान लामाले गरेका थिए।

राष्ट्रिय गान संगै शुरु भएको कार्यक्रमको उद्घाटन नगर प्रमुख सन्तोष चालिसेले पानस मा दिप प्रज्वलन सहित गरेका थिए ।कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल, गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा सदस्य लक्ष्मण लामा गोले, शम्भु बहादुर बिष्ट  लगायतले शुभकामना मन्तब्य राखेका थिए ।कार्यक्रममा संस्थाका अध्यक्ष जयराम बिष्टले  लेखा परिक्षण प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा श्री देबी बाल सुधार माविमा अध्यनरत बिद्यार्थीहरुले नृत्य मार्फत मनोरंजन प्रदान गरेको कार्यक्रममा संस्थालाई सहयोग गर्ने संघ संस्था तथा ब्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नगर प्रमुख सन्तोष चालिसेले आयोजकलाइ धन्यबाद दिदै स्वतन्त्र टोल सुधार समितिले समाज रुपान्तरण र विकृति विसंगति न्यूनिकरणमा खेलेको भुमिकाको अरुले पनि  अनुशरण गर्नु पर्नेमा जोड दिदै क्लवले स्थापनाकालदेखि निरन्तर आफनो इतिहास कायम गर्न सफल भएको भन्दै प्रशंसा समेत व्यक्त गरेका थिए  । कोभिड न्यूनीकरणका साथै समाजको विकासमा संस्थाको  उल्लेखनीय योगदान रहेको बताएका थिए । उनले नगरपालिकाले टोल सुधार समिति संग सहकार्य गर्दै अघि बढेको र आगामी दिनमा पनि बढ्ने बताएका थिए। उनले टोलको बिकासमा हरेक टोल बासी सक्रिय हुनुपर्नेमा जोड दिएका थिए ।

तपाइँको प्रतिक्रिया ।