भैरव पुरस्कार व्यङ्ग्यकार लुँइटेललाई, ग्वंगलाई वाङ्मय तथा भौकाजीलाई प्रतिभा पुरस्कार

कपन अनलाइन

काठमाण्डौ , फागुन १४ ।

नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित पुरस्कारहरू शुक्रवार वितरण गरिएको छ । भैरव पुरस्कार गुठीले राजधानीमा गरेको कार्यक्रममा गुठीका अध्यक्ष समेत रहनु भएका वरिष्ठ साहित्यकार रोचक घिमिरेले २०७८ सालको भैरव पुरस्कार व्यङ्ग्यकार नरनाथ लुँइटेललाई प्रदान गरेका थिए  ।

यो पुरस्कारको राशि १ लाख ११ हजार १ सय ११ रुपैया रहेको छ । पहिलो पटक यसै वर्षबाट घोषणा गरिएको भैरव वाङ्मय पुरस्कार संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगलाई प्रदान गरियो । १ लाख १ हजार १ सय ११ रुपैया राशीको यो पुरस्कार नेपाली कला, साहित्य, संस्कृति, सङ्गीत, पत्रकारिता लगायतको क्षेत्रमा विशिष्ट योगदान दिने जो कोहीलाई अब वर्षेनी प्रदान गरिने गुठीका अध्यक्ष घिमिरले जानकार दिएका छन  ।

त्यस्तै ५१ हजार १ सय ११ रुपैया राशीको भैरव प्रतिभा पुरस्कार साहित्यकार विमल भौकाजीलाई प्रदान गरियो । कार्यक्रममा पुरस्कृत स्रष्टाहरू क्रमश : ग्वगं, लुँइटेल र भौकाजीको योगदान बारेमा  श्रीओम श्रेष्ठ रोदन, डाक्टर रमेश शुभेच्छुक र दिव्य गिरीले प्रकाश पारेका थिए । पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य  रामेश्वर फुयाल तथा गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख सन्तोष चालिसेले समृद्ध साहित्यले समन्नुत समाज निर्माणमा सहयोग गर्ने भएकाले साहित्यको विकासका लागि मन, वचन र कर्मले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए यो ।

सोही अवसरमा ‘सम्झना भैरव स्मृतिग्रन्थ’ को विमोचन गरिएको थियो । विमोचित कृतिको समीक्षा गर्दै वरिष्ठ पत्रकार तथा गुठीका उपाध्यक्ष विजय चालिसेले नेपाली साहित्यको हास्यव्यङ्ग्य क्षेत्रमा अर्यालको योगदान अतुलनीय रहेको बताएका थिए  ।

कार्यक्रममा गुठीका सचिव वसन्त रिजालले गुठीका गतिविधिबारे प्रकाश पार्नु भएको थियो भने गुठीका सदस्यहरू प्रा. डा. दीपक अर्याल, गोपाल बराल, उद्धव रायमाझी लगायतका वक्ताहरूले अर्यालको साहित्यिक योगदान बारे चर्चा गरेका थिए  ।

यसैबीच गुठीको आजै सम्पन्न साधारण सभाले रोचक घिमिरेको अध्यक्षतामा गुठीको नयाँ कार्य समिति निर्विरोध चयन गरेको छ । गुठीको उपाध्यक्षमा विजय चालिसे, सचिवमा वसन्त रिजाल र कोषाध्यक्षमा अजीत नेपाल ररहेका छन  । त्यस्तै सदस्यहरूमा बद्री अर्याल ,रश्मी शर्मा, गोपाल बराल, प्रा. डा. दीपक अर्याल, उद्धव रायमाझी, गोविन्द घिमिरे ‘वेदमणि’, मेनका पोखरेल, घनश्याम प्रसाई र निर्मल अर्याल रहेका छन ।

तपाइँको प्रतिक्रिया ।