अखिल नेपाल महिला संघ काठमाण्डौ जिल्लाको अध्यक्षमा सरिता दाहाल,को को बने पदाधिकारी ?
कपन अनलाइन
काठमाडौं, फागुन १३।
अखिल नेपाल महिला संघ काठमाण्डौ जिल्लाको आठौं जिल्ला सम्मेलनले नयाँ नेतृत्व चयन गरेको छ ।अखिल नेपाल महिला संघककी केन्द्रिय अध्यक्ष थममाया थापाको प्रमुख अतिथ्यतामा भएको सम्मेलनले सरिता दाहालको अध्यक्षतामा १२५ सदस्य अनेमसंघ काठमाण्डौ जिल्ला कमिटी गठन गरेको छ ।
आठौं जिल्ला सम्मेलनबाट उपाध्यक्षमा बशन्ती श्रेष्ठ, सचिवमा भगवती गौतम र कोषाध्यक्षमा हिरा थापा मगर सहित १२५ सदस्य जिल्ला कमिटी चयन गरिएको हो ।
कार्यक्रमममा संघका अध्यक्ष थापा सहित नेकपा एमालेका पोलिटव्युरो सदस्य कृष्ण राई, केन्द्रिय सदस्यहरु नारायण सिलवाल, सरिता न्यौपाने, सचिव सुजिता शाक्य, शुशिला नेपाल, जिल्ला ईन्चार्ज रत्न गुरुङ ठमाडौं जिल्ला कमिटी अध्यक्ष दिपक निरौला, महानगर अध्यक्ष निर्मल देउला लगायतको उपस्थिती रहेको थियो ।
तपाइँको प्रतिक्रिया ।