एमाले काठमाण्डौको राजनीतिमा मदन भण्डारी फाउन्डेसनकी अध्यक्ष उषाकिरण भण्डारीको प्रवेस
कपन अनलाइन
काठमाडौं, फागुन ११।
नेकपा एमाले काठमाण्डौको राजनीतिमा मदन भण्डारी फाउन्डेसनकी अध्यक्ष उषाकिरण भण्डारीको औपचारिक रुपमा प्रवेस भएको छ। काठमाण्डौ जिल्ला कमिटीको प्रथम पूर्ण बैठकबाट भण्डारीलाई जिल्ला कमिटी सदस्यमा मनोनित गरिएको हो।
जननेता मदन कुमार भण्डारी तथा नेपालका रास्ट्रपति विद्यादेवी भण्डारीकी जेष्ठ सुपुत्री उषाकिरण भण्डारीले फागुन ३ गते शुरु भएर १० गते समापन भएको जिल्ला कमिटीको बैठकमा सपथ ग्रहण गर्दै काठमाण्डौ भूगोलको एमाले राजनीतिमा औपचारिक रुपमा प्रवेस गरेकी हुन्।
भारतको दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयबाट अन्तरास्ट्रिय मामिलामा एमए गरेकी भण्डारी अखिल नेपाल महिला संघमा पनि क्रियाशील रहेकी थिइन्।
मदन भण्डारी मेमोरियल कलेजको अध्यक्षका रुपमा पनि योगदान पुर्याएकी भण्डारी विभिन्न अनुसन्धानमुलक संघ संस्था तथा मंचहरुमा पनि सक्रिय रहेकी छ।