नागार्जुन नगरपालिकाको उपप्रमुखमा ७ जना थिए उम्मेदवार ,कस्तो थियो मत परिणाम ?
कपन अनलाइन
काठमाण्डौ ,फागुन ६।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा नागार्जुन नगरपालिकाको उपप्रमुख पदमा ७ जनाले उम्मेदवारी दिएका थिए । सो निर्वाचनमा विभिन्न पार्टीका तर्फबाट र स्वतन्त्र रुपमा नगर उपप्रमुख पदका उम्मेदवार रहेका थिए।
निर्वाचन आयोगको विवरण अनुसार नागार्जुन नगरपालिकाको उपप्रमुखमा तत्कालिन नेकपा एमालेकी उम्मेदवार सुशिला अधिकारीले ६८७१ मत सहित बिजयी बनेकी थिइन् भने उनकी निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी उम्मेदवार कल्याणी खड्काले ६७९१ मत प्राप्त गरेकी थिइन्।
त्यस्तै सो निर्वाचनमा नेकपा माओवादी केन्द्रकी देवकी पौडेलले १७९४ मत प्राप्त गरेका थिइन् भने राप्रपाकी मिरा कुँवरले २३११ मत प्राप्त गरेकी थिइन।
त्यस्तै नयाँ शक्ति पार्टीकी सृजना सुबेदीले ८७७ मत पाएको निर्वाचनमा नयाँ शक्ति पार्टी नेपालकी उम्मेदवार मैया महर्जनले र रास्ट्रिय जनमोर्चाका कविता गुरुङले ३२ मत प्राप्त गरेका थिए।
प्रमुखमा को को थिए यो लिंक हेर्नुहोस :
नागार्जुनको प्रमुखमा को को थिए ?