बिष्णुमति धन्येढिकुरो सरोकार समितिले बिशेष कार्यक्रम गरि स्वस्थानी ब्रतको समापन गर्यो

बिष्णुमति धन्येढिकुरो सरोकार समितिले बिशेष कार्यक्रम गरि स्वस्थानी ब्रतको समापन गर्यो

कपन अनलाइन

काठमाडौँ, फाल्गुन ५। पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत विधिपूर्वक समापन गरिएको छ ।पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले हिजो व्रत समापन गरेका छन । त्यसै दिनदेखि सुरु गरिएको स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रूपमा भन्ने र सुन्ने कामको पनि अन्त्य गरिएको छ।

 बुढानिलकण्ठ नगरपालिका वडा नं ४ र ६ को सिमानामा रहेको ध्नेश्वर धाम (धन्येढिकुरो)मा नियमित आयोजना गरिदै आएको बिभिन्न धार्मिक कार्यहरु मध्येको माघ माहात्मे श्री स्वस्थानी ब्रतको समापन तथा सांङगे कार्यक्रम सम्पन्न भएको छ  ।

बिष्णुमति धन्येढिकुरो सरोकार समिति द्वारा आयोजित माघ माहात्मे श्री स्वस्थानी ब्रतको समापन तथा सांङगे कार्यक्रमको प्रमुख अतिथिको रुपमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रवक्ता डा. प्रकाश शरण महत रहेका थिए भने बिशेष अथितिको रुपमा बुढानिलकण्ठ नगरपालिका वडा नं ४ का वडा अध्यक्ष राजु खड्का वडा सदस्य श्रीराम केसी पुर्व गा.वि.स. अध्यक्ष विष्णु बहादुर के.सी लगायत जन प्रतिनिधिहरु  बिष्णुमति धन्येढिकुरो सरोकार समितिका पदाधिकारी सहित स्थानीयको उपस्थिति रहेको थियो। कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रवक्ता डा. प्रकाश शरण महतले सो क्षेत्रको बिकासका लागि आफुले सक्दो पहल गर्ने बताएका थिए।

धार्मिक आस्था र भौगोलिक विशिष्टता रहेको सो  क्षेत्रमा पुरातात्विक महत्व र ईतिहास लोप हुँदै गएको अवस्थामा यसको संरक्षण गर्दै पुनःनिर्माणमा विशेष ध्यान दिदैँ आएको सरोकार समितिले जनाएको छ ।  यस क्षेत्रमा थप संरचनाहरु निर्माण गर्दै यहाँ रहेका घाट, छेउमै बग्ने विष्णुमति नदि र घनेश्वर मंदिरको व्यवस्थापनको लागि स्थानीय सरकार सँग छलफल भईरहेको समिति अध्यक्ष रामबहादुर खड्काले जानकारी दिएका  छन ।कार्यक्रमलाइ सहयोग गर्ने सहयोगी दाताहरुलाई समेत सम्मान गरिएको  थियो ।

तपाइँको प्रतिक्रिया ।