गोकर्णेश्वर युवा जागरण क्लब (GFG) द्वारा स्व.गोपाल श्रेष्ठको स्मृतिमा आयोजित ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनल खेल सम्पन्न

कपन अनलाइन

काठमाडौँ, फाल्गुन ५। गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको गोकर्णेश्वर युवा जागरण क्लब (GFG)ले स्वर्गीय गोपाल श्रेष्ठको स्मृतिमा  आयोजित  गोकर्णेश्वर नगरपालिका ४ नं वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिताको  पहिलो सेमीफाइनल खेल सम्पन्न भएको छ ।  आज भएको पहिलो सेमीफाइनल खेल  राजन श्रेष्ठ र रत्न श्रेष्ठको जोडी संग बिक्रम श्रेष्ठ र हरिशरण श्रेष्ठको जोडी बीच भएको थियो।

निकै नै प्रतिस्पर्धात्मक बनेको सो खेलमा राजन श्रेष्ठ र रत्न श्रेष्ठको जोडीले बिक्रम श्रेष्ठ र हरिशरण श्रेष्ठको जोडीलाइ २१- १६ र २१-५ अंकको सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ। त्यसै गरि आजै भएको दोस्रो सेमीफाइनल खेल उमेश ढुंगाना र राजु कर्माचार्यको जोडी संग जयराम आचार्य र धर्म शरण श्रेष्ठको जोडी बीच भएको थियो ।प्रतिस्पर्धात्मक रहेको सो खेलमा  उमेश ढुंगाना र राजु कर्माचार्यको जोडीले   जयराम आचार्य र धर्म शरण श्रेष्ठको जोडीलाई २१-१४ र २१- १० अंकको सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ। भोलि फाइनल खेल सहित समापन तथा पुरस्कार वितरण कार्यक्रम हुने भएको छ ।भोलिको फाइनल खेल राजन श्रेष्ठ र रत्न श्रेष्ठको जोडी संग उमेश ढुंगाना र राजु कर्माचार्यको जोडीले प्रतिस्पर्धा गर्नेछन ।

नेपाल तरुण दल गोकर्णेश्वर नगर समिति, काठमाडौंका अध्यक्ष  तथा  गोकर्णेश्वर युवा जागरण क्लबका सल्लाहकार समेत रहेका स्व. गोपाल श्रेष्ठको हृदयाघातका कारण निधन भएको थियो।

उनकै सम्झनामा  खेलको माध्यमबाट आपसी भाइचारा मित्रता र सामाजिक सदभाब कायम गर्दै वडा बाट प्रतिभावान खलाडी उत्पादन गर्ने उदेश्यका साथ उत्तरबाहिनीस्थित ब्याडमिन्टन कोर्टमा संचालित उक्त प्रतियोगितामा कुल १६ टिमको सहभागिता रहेको छ।  प्रतियोगितामा  प्रथम दितीय र तृतीय  हुने खेलाडीले नगद पुरस्कार सहित ट्रफी मेडल र  प्रमाण पत्र प्राप्त गर्ने गोकर्णेश्वर युवा जागरण क्लब (GFG)का अध्यक्ष विकेश श्रेष्ठले कपन अनलाइनलाइ जानकारी गराए  ।

तपाइँको प्रतिक्रिया ।