चम्पादेवी गाउँपालिका ओखलढुंगामा नेकपा एमालेको इज्जत जोगाउने त्यो “१८” मत ……

चम्पादेवी गाउँपालिका ओखलढुंगामा नेकपा एमालेको इज्जत जोगाउने त्यो “१८” मत ……

कपन अनलाइन

ओखलढुंगा ,फागुन ५ ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा चम्पादेवी गाउँपालिका ओखलढुंगामा रहेका १० वटा वडा मध्ये नेकपा एमालेले एक वडामा मात्र वडा अध्यक्ष जितेको थियो।

सो निर्वाचनमा चम्पादेवी गाउँपालिका वडा नं ९ मा नेकपा एमालेका उम्मेदवार झम्कहरी बडालले नेपाली कांग्रेसका उम्मेदवार यम बहादुर पुडासैनीलाई १८ मतले पराजित गरेका थिए।

सो निर्वाचनमा बडालले २६६ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी पुडासैनीले २४८ मत प्राप्त गरेका थिए। त्यस्तै नेकपा माओवादी केन्द्रका उम्मेदवार टेक बहादुर बरालले ७२ मत प्राप्त गरेका थिए।

गाउँ पालिकाका १० वडा मध्ये नेपाली कांग्रेसले ६ वटा वडामा जितेको थियो भने नेकपा माओवादी केन्द्रले ३  वटा वडामा विजय प्राप्त गरेको थियो।

नेकपा माओवादी केन्द्रले जितेका वडा नं ५,६ र ७ मध्ये वडा नं ७ का अध्यक्ष सुरेस थापा अहिले नेकपा एमालेमा प्रवेस गरेका छन भने वडा नं ५ का अध्यक्ष झलकमान तामाङ र वडा नं ६ का तिलक खड्का माओवादी मै सक्रीय रहेका छन।

 

तपाइँको प्रतिक्रिया ।