एमसीसी अघि नबढाउने कार्यव्यवस्था समितिको निर्णय
कपन अनलाइन
काठमाण्डौ,फागुन ४ ।
प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिले तत्काल एमसीसी सम्झौता अनुमोदन प्रस्ताव अघि नबढाउने निर्णय गरेको छ ।
एमसीसी सम्झौता अनुमोदनका लागि ३० असार २०७६मा दर्ता भएको प्रस्तावलाई बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा पेस गर्ने तयारी गरिएको थियो ।
तर, माओवादी केन्द्रसहित गठबन्धनका दलहरूको असहमति भएपछि कार्यव्यवस्था परामर्श समितिले सो निर्णय गरेको हो । कार्यव्यवस्था परामर्श समितिको अर्को बैठक शुक्रबार दिउँसो १ बजे बस्ने निर्णय गरेको छ ।
तपाइँको प्रतिक्रिया ।