कागेश्वरी मनोहरा नगरपालिकाको उप प्रमुखमा ६ जना थिए उम्मेदवार,कस्तो थियो मत परिणाम ?

कागेश्वरी मनोहरा नगरपालिकाको उप प्रमुखमा ६ जना थिए उम्मेदवार,कस्तो थियो मत परिणाम ?

कपन अनलाइन

काठमाण्डौ ,फागुन ४।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा कागेश्वरी मनोहरा नगरपालिकाको उपप्रमुख पदमा छ जनाले उम्मेदवारी दिएका थिए । सो निर्वाचनमा विभिन्न ६ वटा पार्टीका तर्फबाट नगर उपप्रमुख पदका उम्मेदवार रहेका थिए।

निर्वाचन आयोगको विवरण अनुसार कागेश्वरी मनोहरा नगरपालिकाको उपप्रमुखमा नेकपा एमालेकी  उम्मेदवार बिन्दु पुडासैनी सिम्खडा ९१८२ मत सहित बिजयी बनेकी थिइन् भने उनकी निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी  उम्मेदवार अनिता अधिकारी थापाले ८२९६ मत प्राप्त गरेकी थिइन्।

त्यस्तै सो निर्वाचनमा नेकपा माओवादी केन्द्रकी रुकमाया रनपालले  २१९२   मत प्राप्त गरेकी थिइन् भने राप्रपाकी कुस्मा नगरकोटीले ९२५  मत प्राप्त गरेकी थिइन्।

रास्अट्न्जरिय जनमोर्चाकी  सुमित्रा पुडासैनीले ४३  मत पाएको सो निर्वाचनमा स्वतन्त्र उम्मेदवार  सुदर्शन  चापागाईले ० मत मत प्राप्त गरेका  थिए ।

तपाइँको प्रतिक्रिया ।