गोकर्णेश्वर नगर प्रमुख : को को छन नेकपा एमालेका संभावित दावेदारहरु ?

गोकर्णेश्वर नगर प्रमुख : को को छन नेकपा एमालेका संभावित दावेदारहरु ?

कपन अनलाइन

काठमाण्डौ ,फागुन ४।

बैशाख ३० स्थानीय तहको निर्वाचन घोषणा संगै अहिले गोकर्णेश्वर नगरपालिकामा पनि सम्भावित उम्मेदवार र दावेदारहरुका वारेमा अनौपचारिक चर्चा शुरु भएको छ।

२०७४ सालको निर्वाचनमा वडा नं ४ र ७ मा मात्र अध्यक्ष पद जितेको नेकपा एमाले गोकर्णेश्वरले यस पटकको निर्वाचनमा नगर प्रमुख,उपप्रमुख सहित अन्य वडामा पनि जित्ने दावी गर्दै तयारीलाई अगाडी बढाएको छ।

सबै शाखा र नगर कमिटीमा  सर्वसम्मत नेतृत्व चयन गरेको नेकपा एमालेका  तर्फबाट नगर प्रमुखको पदमा दावेदारी दिनसक्ने केहि नेताहरुको वारेमा यहाँ चर्चा गरिएको छ।

१. पुण्यप्रसाद चौलागाई 

२०७४ सालको निर्वाचनमा नेकपा एमालेको तर्फ बाट गोकर्णेश्वर नगरपालिकाको प्रमुख पदका उम्मेदवार रहेका पुण्यप्रसाद चौलागाई यस पटक पनि सम्भावित दावेदारका रुपमा रहेका छन।

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्य रहेका चौलागाई लामो समय देखि गोकर्णेश्वर नगरपालिकाका राजनीतिक र सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका छन।

२. हरिकृष्ण श्रेष्ठ  

नेकपा एमाले बागमती प्रदेस कमिटीका सदस्य हरिकृष्ण श्रेष्ठ पनि गोकर्णेश्वर नगरपालिकाको नगर प्रमुख पदका शशक्त दावेदारका रुपमा रहेका छन।

लामो समय नेकपा एमाले जिल्ला कमिटीमा सक्रिय रहेर शिक्षा,सहकारी तथा सामाजिक क्षेत्रमा क्रियाशील रहेका श्रेष्ठले यस पटकको निर्वाचनमा उम्मेदवारी दिनका लागि आन्तरिक छलफललाई तीव्र बनाएको उनि निकट श्रोतले जानकारी दिएको छ।

३.उद्दव बिस्ट 

नेकपा एमाले गोकर्णेश्वर नगर कमिटीका अध्यक्ष उद्दव बिस्ट पनि गोकर्णेश्वर नगरपालिकाको नगर प्रमुख पदका शशक्त र स्वाभाविक  दावेदारका रुपमा रहेका छन।

साविक बालुवा गाविसका अध्यक्ष समेत रहेका बिस्टले शाखा कमिटी र अन्य क्षेत्रमा संगठन विस्तार र परिचालन संगै आउने निर्वाचनमा नगर प्रमुख पदको दावेदारी प्रस्तुत गर्ने तयारी तीव्र बनाएको उनि निकट श्रोतले जानकारी दिएको छ।

४. उद्दव भण्डारी 

जिल्ला समन्वय समिती काठमाण्डौका सदस्य उद्दव भण्डारीलाई पनि गोकर्णेश्वर नगरपालिकाको नगर प्रमुख पदको सम्भावित उम्मेदवारका रुपमा हेरिएको छ।

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीका सदस्य रहेका भण्डारी मदन भण्डारी फाउन्डेसन  काठमाण्डौका उपाध्यक्ष समेत हुन्।

५. श्रीकुमार श्रेष्ठ   

गोकर्णेश्वर नगरपालिका वडा नं ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठ पनि पनि आउने निर्वाचनमा नगर प्रमुख पदका सम्भावित दावेदारका रुपमा रहेका छन।

नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा गोकर्णेश्वर नगर संसदीय दलका नेता समेत रहेका श्रेष्ठले २०७४ सालको निर्वाचनमा वडा अध्यक्षमा जितेका थिए।

वडाको विकास निर्माण र संसदीय दलको परिचालनमा प्रभावशाली देखिएका श्रेष्ठलाई नगर प्रमुख पदको शक्तिशाली दावेदारका रुपमा लिइएको छ।

 

 

 

तपाइँको प्रतिक्रिया ।