बुढानिलकण्ठको उप प्रमुखमा ६ जना थिए उम्मेदवार,कस्तो थियो मत परिणाम ?

बुढानिलकण्ठको उप प्रमुखमा ६ जना थिए उम्मेदवार,कस्तो थियो मत परिणाम ?

कपन अनलाइन

काठमाण्डौ,फागुन ३।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिकाको उपप्रमुख पदमा छ जनाले उम्मेदवारी दिएका थिए । सो निर्वाचनमा विभिन्न ६ वटा पार्टीका तर्फबाट नगर उपप्रमुख पदका उम्मेदवार रहेका थिए।

निर्वाचन आयोगको विवरण अनुसार बुढानिलकण्ठ नगरपालिकाको उपप्रमुखमा नेकपा एमालेकी उम्मेदवार रमा राई १३१८८ मत सहित बिजयी बनेकी थिइन् भने उनकी निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी उम्मेदवार शुभद्रा खड्काले ९७६८ मत प्राप्त गरेकी थिइन्।

त्यस्तै सो निर्वाचनमा नेकपा माओवादी केन्द्रकी होम कुमारी दुलाल ( हेमा ) ले ३०९२ मत प्राप्त गरेकी थिइन् भने राप्रपाकी सावित्रा क्षेत्रीले ९९१ मत प्राप्त गरेकी थिइन्।

नयाँ शक्ति नेपाल पार्टीकी अनिता श्रेष्ठले २१७ मत पाएको सो निर्वाचनमा रास्ट्रिय जनमोर्चालकी सुनिता शर्माले ८३ मत मत प्राप्त गरेकी थिइन्।

तपाइँको प्रतिक्रिया ।