२८ जना थिए काठमाण्डौ महानगरपालिकाको प्रमुखका उम्मेदवार,कस्तो थियो मत परिणाम ?
कपन अनलाइन
काठमाण्डौ ,फागुन ३।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा काठमाण्डौ महानगरपालिकाको प्रमुख पदका लागि २८ जनाले उम्मेदवारी दिएका थिए। सो निर्वाचनमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरेर २८ जना उम्मेदवार रहेका थिए।
निर्वाचन आयोगको मतपरिणामक आनुसार सो निर्वाचनमा नेकपा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले ६४९१३ ७३६० मत प्राप्त गरेर विजयी बनेका थिए भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवारराजुराज जोशीले ४५२६९ मत प्राप्त गरेका थिए।
त्यस्तै बिबेकशील नेपाली दलकी रन्जु दर्शनाले २३४३९ मत प्राप्त गगरेकी थिइन्भ भने स्वतन्त्र उम्मेदवार किशोर थापाले १८४९६ मत प्राप्त गरेका थिए।
नेकपा माओवादी केन्द्रका सर्वोत्तम डंगोलले ७९०६ मत प्राप्त गरेको सो निर्वाचनमा दिनेश शाही ,शिवहरी रिजाल ,निर्मल कुमार थापा ,उषा कुमारी टिवडेवाला ,गोर्की प्रसाद श्रेष्ठ , कुल नारायण डंगोल ,पवित्र आचार्य ,भगवान गिरि ,बिनोद कुमार केसी ,राधा बेलवासे ,सुरेन्द्र प्रसाद ढकाल ,पुरुषोत्तम दंगाल ,अनिलमान श्रेष्ठ , ज्ञानु लामा तामाङ ,विदुर प्रसाद घिमिरे ,नेत्र प्रसाद लिम्बु ,भरत बहादुर विसुराल ,नवराज कार्की ,डव बहादुर पुन मगर ,लक्ष्मी प्रसाद भण्डारी ,सुशिला वेघा , बचपन राज श्रेष्ठ र अमोत् महर्जन मेयर पदका उम्मेदवार रहेका थिए।