स्थानीय निर्वाचनमा ९ जना थिए दक्षिणकाली नगर प्रमुखका उम्मेदवार,कस्तो थियो मत परिणाम ?
कपन अनलाइन
काठमाण्डौ ,फागुन ३।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा दक्षिणकाली नगरपालिकाको प्रमुख पदका लागि ९ जनाले उम्मेदवारी दिएका थिए। सो निर्वाचनमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरेर ९ जना उम्मेदवार रहेका थिए।
निर्वाचन आयोगको मतपरिणामक आनुसार सो निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार मोहन बस्नेतले ४६९८ मत प्राप्त गरेर विजयी बनेका थिए भने उनका निकटतम प्रतिद्वन्दीनेकपा एमालेका उम्मेदवार शशी शर्मा अर्यालले ४२६८ मत प्राप्त गरेका थिए।
त्यस्तै नेकपा माओवादी केन्द्रका संजिव लामाले २४८१ मत प्राप्त गरेका थिए भने राप्रपाका सुदर्शन पन्तले ३४५ मत प्राप्त गरेका थिए।
नयाँ शक्ति पार्टीका आशा कुमारी तामाङले १२३ मत प्राप्त गरेको सो निर्वाचनमा केदार दुलाल ,महेन्द्र दास श्रेष्ठ , टोकल तामाङ र दिपक थापा मगर नगर प्रमुख पदका उम्मेदवार रहेका थिए।
तपाइँको प्रतिक्रिया ।