स्थानीय निर्वाचनमा १५ जना थिए नागार्जुन नगर प्रमुखका उम्मेदवार,कस्तो थियो मतपरिणाम ?

कपन अनलाइन

काठमाण्डौ ,फागुन ३।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नागार्जुन  नगरपालिकाको प्रमुख पदका लागि १५  जनाले उम्मेदवारी दिएका थिए। सो निर्वाचनमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरेर १५   जना उम्मेदवार रहेका थिए।

निर्वाचन आयोगको मतपरिणामक आनुसार सो निर्वाचनमा  नेपाली कांग्रेसका  उम्मेदवार मोहन बहादुर बस्नेतले  ९९६१  मत प्राप्त गरेर विजयी बनेका थिए भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका  उम्मेदवार कृष्णहरी खत्रीले ६७२६ मत प्राप्त गरेका थिए।

त्यस्तै नेकपा माओवादी केन्द्रका कुमार तामाङले १६१९ मत प्राप्त गरेका थिए भने राप्रपाका उद्धव थापाले २४९४  मत प्राप्त गरेका थिए।

त्यस्तै नयाँ शक्ति पार्टी नेपालका प्रताप दानीले १०६८ मत प्राप्त गरेको सो निर्वाचनमा कुमार लामिछाने ,विष्णु बहादुर गोतामे ,कृष्ण बहादुर घले ,श्रीकृष्ण बस्नेत ,शंकर बहादुर थापा ,सुष्मा श्रेष्ठ ,उपेन्द्र कुमार छटुन्जेल,कृष्ण बहादुर लामा ,निरन्जन श्रेष्ठ र दिल बहादुर मल्ल नगर प्रमुख पदको उम्मेदवार रहेका थिए।

तपाइँको प्रतिक्रिया ।