बुढानिलकण्ठ-८ को बक्स कल्भर्ट निर्माणको निरीक्षणमा डा.राजन भट्टराई ,कपन डुवान वारे विशेष चासो

बुढानिलकण्ठ-८ को बक्स कल्भर्ट निर्माणको निरीक्षणमा डा.राजन भट्टराई ,कपन डुवान वारे विशेष चासो

कपन अनलाइन

काठमाण्डौ ,माघ २९।

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा विदेस विभाग प्रमुख डा. राजन भट्टराईले बुढानिलकण्ठ नगरपालिका वडा नं ८ मा निर्माणाधीन रहेको बक्स कल्भर्ट योजनाको निरीक्षण गरेका छन।

लामो समय सम्म डुवानको समस्याले पिडित बनेका स्थानीयहरुको गुनासो र दवाव पश्चात निर्माण शुरु गरिएको सो क्षेत्रको बक्स कल्भर्टको निरीक्षण गर्दै डा. राजन भट्टराईले निर्माणको अवस्था र समस्याहरुका वारेमा जनप्रतिनिधि र स्थानीयहरु संग अन्तरक्रिया समेत गरेका थिए।

सो निरीक्षणकै क्रममा डा. भट्टराईले कपन क्षेत्रमा निर्माणाधीन रहेको बक्स कल्भर्टका वारेमा समेत विशेष चासो ब्यक्त गर्दै आगामी वर्षा अगाडी नै निर्माण सम्पन्न गर्ने उपायहरुका वारेमा समेत छलफल गरेका थिए । वडा नं २ र ८ तथा कपन क्षेत्रको बक्स कल्भर्ट निर्माणको जिम्मा पाएको कम्पनि एकै रहेकोले दुवै क्षेत्रमा समयमा नै काम सक्न दवाव दिनुपर्ने धारणा राखेका थिए।

निर्माण क्षेत्रमा देखिने समस्या समाधानका लागि सधै तत्पर र सक्रिय रहनका लागि जनप्रतिनिधिहरुलाई आग्रह गर्दै उनले कपन क्षेत्रको निर्माणलाई गति दिनका लागि सरोकारवाला स्थानीयहरु समेत सचेत हुनुपर्ने विचार व्यक्त गरेका छन।

ललितपुरको हाइ हिमालयन /पी आर जेभीले १३ करोड २ लाख ७३ हजार १८५ रुपैया ४ पैसा लागतमा निर्माण गर्न लागेको वडा नं २ र ८ को सो आयोजनाको निर्माण सम्पन्न मिति २०७९ साल जेष्ठ ५ गते रहेको छ।

डा. भट्टराई संगै सो योजनाको निरीक्षणमा बुढानिलकण्ठ नगरपालिका वडा नं ८ का अध्यक्ष सुमन तामाङ ,सदस्य माधव पौडयाल,गोमा मंग्राती, नेकपा एमाले वडा कमिटी अध्यक्ष बिनोद थापा ,उपाध्यक्ष निश्चल अधिकारी ,सचिव सबिन अधिकारी सहित स्थानीयहरुको उपस्थिति रहेको थियो।

 

 

तपाइँको प्रतिक्रिया ।