लागु औषध ब्राउन सुगरको धुलो जस्तो देखिने पदार्थ सहित कपन आकाशेधाराबाट पक्राउ
कपन अनलाइन
काठमाडौं, माघ २५ ।
लागु औषध ब्राृन सुगरको धुलो जस्तो देखिने पदार्थसहित कपन आकाशेधारा र गोपिकृष्णहल नजिकबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सामेबार अपरान्ह सवा चार बजेको समयमा महानगरीय प्रहरी प्रभाव कपन प्रहरीको टोलीले काठमाण्डौको बुढानिलकण्ठ नगरपालिका १० कपन आकाशेधाराबाट २२ वर्षका पासाङ छिरिङ शेर्पालाई पक्राउ गरेको हो ।
शेर्पालाई शंकास्पद अवस्थामा फेला पारी उनको शरीर तथा कोठा खानतलासी गर्दा उनी बस्ने कोठामा ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ ६ ग्राम फेला पारी बरामद गरिएको थियो ।
प्रहरीले सोधपुछ गर्दा कन्चनपुर को भिमदत्त नगरपालिका महेन्द्रनगर स्थायी घर भएका अहिले काठमाडौंको बुढानिलकण्ठ नगरपालिका १० कपन आकाशेधारा बस्दै आएका २७ वर्षका खगेस खत्रीले राख्न दिएको शेर्पाले बताएपछि खत्रीलाई खोजतलास गर्दा साँझ ५ बजेको समयमा गोपिकृष्णहल नजिकैबाट पक्राउ गरिएको थियो।
उनीहरु माथि महानगरीय प्रहरी बृत बौद्धबाट थप अनुसन्धान भईरहेको छ।