अग्रमोर्चामा सक्रिय संचारकर्मीहरुलाई नेपाली कांग्रेसको स्वास्थ्य सामाग्री सहयोग

अग्रमोर्चामा सक्रिय संचारकर्मीहरुलाई नेपाली कांग्रेसको स्वास्थ्य सामाग्री सहयोग

कपन अनलाइन

काठमाण्डौ ,माघ १९।

नेपाली कांग्रेसका  महाधिवेसन प्रतिनिधि तथा पुर्व क्षेत्रीय सचिव बिनोद चालिसेको पहलमा अग्रमोर्चामा सक्रिय संचारकर्मीहरुलाई स्वास्थ्य सामाग्री सहयोग गरिएको छ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको एसियन हेरिटेज रेस्टुरेन्टमा आयोजित एक कार्यक्रममा कोरोना प्रकोपको नियन्त्रण र रोकथाममा महत्वपूर्ण भूमिका निर्वाह गरेका संचारकर्मीहरुलाई धन्यवाद सहित स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको थियो।

नेपाली कांग्रेस बागमती प्रदेस समितीका महामन्त्री राजु श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको स्वास्थ्य सामाग्री सहयोग कार्यक्रममा जिल्ला सदस्य ललिता देवी गुरुङ,क्षेत्रीय सभापति श्यामकृष्ण संगत, सचिव दामोदर भट्टराई ( बद्री ),नगर सभापति राजाराम बुढाथोकी,सचिव बिजेन्द्र श्रेष्ठ , प्रदेस क्षेत्र उपसभापति दिलिप खत्री,क्षेत्रीय सदस्य रामबिनोद लामिछाने ,शाखा समितीका सभापतिहरु वडा नं ९ का शंकर आचार्य ,वडा नं ८ का राजाराम थापा,वडा नं ११ का राधेश्याम कार्की ,वडा नं १२ का सुनीत चालिसे ,वडा नं १३ का भाइनारायण श्रेष्ठ ,तरुण दल नगर अध्यक्ष राजु विक्रम थापा, बौद्दिक सम्पति संरक्षण समाजका महासचिव विसु कुमार केसी लगायतको उपस्थिति रहेको थियो।

नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ ( ख ) का सचिव मनोज सिग्देलले संचालन र वडा नं १० का सभापति नारदमणि घिमिरेले धन्यवाद ज्ञापन गरेको सो अवसरमा संचार क्षेत्रमा सक्रिय रहेका विभिन्न संचार माध्यमका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

सो कार्यक्रममा बोल्दै वक्ताहरुले प्रकोपको समयमा आफ्नो र परिवारको ज्यान र स्वास्थ्यको समेत पर्वाह नगरी जनतालाई सुसुचित गराएकोमा संचार माध्यमहरुलाई धन्यवाद दिएका थिए।

 

तपाइँको प्रतिक्रिया ।