गोकर्णेश्वरमा उद्योग व्यवसायले वातावरणमा पार्ने प्रभाब तथा न्यूनीकरणका लागि सरोकारवालाहरु संग अन्तरक्रिया सम्पन्न

गोकर्णेश्वरमा उद्योग व्यवसायले वातावरणमा पार्ने प्रभाब तथा न्यूनीकरणका लागि सरोकारवालाहरु संग अन्तरक्रिया सम्पन्न

कपन अनलाइन

काठमाडौँ, माघ १९ ।गोकर्णेश्वर नगरपालिकामा उद्योग व्यवसायले वातावरणमा पार्ने प्रभाब तथा न्यूनीकरणका लागि सरोकारवालाहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ  ओएसीस पार्टी प्यालेसमा माघ १७ र १८ गते देखि दुइ दिन सम्म चलेको उक्त कार्यक्रमको उद्घाटन सत्रका प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे रहेका थिए भने बिशेष अतिथिको रुपमा प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटा, गोकर्णेश्वर नगरपालिका वडा नं ४का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ,वडा नं ७ का वडा अध्यक्ष केशब गुरुङ, नगरपालिका प्रशासन शाखा प्रमुख टंकनाथ घिमिरे वडा सदस्य बिन्दा सापकोटा, अरुण नेपाल लगायत सरोकारवालाहरुको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता नगर प्रवक्ता, वडा अध्यक्ष  एबम नगरपालिका आर्थिक बिकास समिति संयोजक मनोजकुमार ढुंगानाले गरेका  थिए भने कार्यक्रम संचालन आर्थिक शाखा प्रमुख पुण्य प्रसाद दहालले गरेका थिए।

राष्ट्रिय गान र नगर गान संगै शुरु भएको कार्यक्रमको प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका प्रमुखसन्तोष चालिसेले पानसमा दिप प्रज्वलन सहित उद्घाटन गरेका थिए। कार्यक्रममा नगरपालिका प्रशासन शाखा प्रमुख टंकनाथ घिमिरेले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथी प्रकाश पारेका थिए।

कार्यक्रममा शुभकामना मन्तब्य राख्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटाले आयोजकलाइ धन्यवाद  दिदै उद्योग व्यवसाय संचालन गर्दा मापदण्ड भित्र रहेर संचालन गर्नु पर्नेमा जोड दिएका थिए।  प्रत्येक   नागरिकले  स्वच्छ तथा स्वस्थ बातावरणमा बाच्न पाउनुपर्ने बताउदै उद्योग व्यवसाय संचालन गर्नु पुर्व समुदायमा त्यसले पर्न सक्ने असर  न्यूनीकरणमा समुदाय एक जुट हुनु पर्ने बताएका थिए उद्योगका कारण उत्पन्न हुने धुलो, धुवा र ध्वनीले मानविय र बाताबरणिय स्वास्थ्यमा गम्भिर असर गर्ने भन्दै त्यसलाई न्यूनीकरण गर्ने तर्फ सोच्नु पर्ने आवश्यकता औल्याए।

 कार्यक्रममा बजार अनुगमनका सदस्य डीपी खनालले अनुगमनका क्रममा देखा परेका समस्याको बारेमा जानकारी दिदै नगरपालिकाले स्पष्ट कार्यविधि बनाउनुपर्नेमा जोड दिएका थिए ।कार्यक्रममा वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले  उद्योग व्यवसाय  बाट निस्कने फोहोर ब्य्वास्थापनमा  अनुगमन पश्चात धेरै सुधार आएपनि पुरै न्यूनीकरण भने हुन् नसकेको जानकारी गराए।  उनले त्यसको लागि समुदाय पनि सचेत हुदै एक जुट हुनु  पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा शुभकामना मन्तब्य राख्दै नगर प्रमुख सन्तोष चालिसेले आयोजकले धन्यवाद दिदै नगरले उधोगी व्यवसायीको सुझाबको आधारमा कार्यक्रम बनाउदै आएको जानकारी गराएका थिए ।उद्योग व्यवसाय बाट  बातावरणमा पर्न सक्ने प्रभाब न्यूनीकरणका लागि नगरपालिकाले सोहि सुझाबको आधारमा काम गर्दै आएको जानकारी गराउदै आगामी दिनमा पनि सोहि सुझाब अनुसार नगरपालिका अघि बढ्ने जानकारी दिएका थिए ।

कार्यक्रममा उपस्थित सबैलाई  धन्यवाद ज्ञापन गर्दै नगर प्रवक्ता, वडा अध्यक्ष  एबम नगरपालिका आर्थिक बिकास समिति संयोजक मनोजकुमार ढुंगानाले गोकर्णेश्वर नगरपालिका भित्र ठुला ठुला उद्योग नभए पनि भएका उद्योग हरुलाई व्यवस्थित तरिकाले मानब बस्ती र बातावरणमा असर नपुर्याउने ढंगले संचालन गर्नु पर्नेमा जोड दिएका थिए ।उनले बातावरण प्रदुषणकै कारण ठुला ठुला महामारी फैलिएको भन्दै त्यसमा सबै जना सचेत हुनुपर्ने मा जोड दिएका थिए ।उद्योग व्यवसायले सिर्जना गर्न सक्ने बातावरणीय असरलाई न्यूनीकरण गर्ने तर्फ पहिलानै पूर्वाधार निर्माण गर्नु पर्नेमा जोड दिएका थिए ।उनले उद्योग बाट निस्कने फोहोरलाइ सही व्यवस्थापन गर्नु पर्ने मा जोड दिदै मापदण्ड बनाएर नै काम गर्नु पर्ने बताए । उनले मानवीय गतिविध र व्यवहारले हरित गृह ग्यास उत्सर्जन दर बढिरहेको हुनाले जलवायु परिवर्तन थप गम्भीर र संकटपूर्ण मोडमा पुगेको प्रतिवेदनले बताएको जानकारी गराए । जलवायु परिवर्तनको असर केवल मानवहरुलाई मात्रै नभई   माटो, जल र हरेक जीवजन्तुहरुमा यसको प्रत्यक्ष असर परिरहेको बताउदै  त्सयसको असर अरु प्राणीभन्दा मानिसहरुमा धेरै र मानिसहरुमा पनि बच्चाहरुमा धेरै पर्ने बताएका थिए   । उनले  त्यसकै कारण बिभिन्न किसिमका दिर्घ रोगहरु पनि देखा परेको हुँदा प्रदुषण कम गर्नको लागि बेलैमा सचेत हुनुपर्नेमा उनको जोड रहेको थियो ।

कार्यक्रममा नाप तौल तथा गुणस्तर विभागका भवानी प्रसाद अधिकारी र  प्रशासन प्रमुख टंकनाथ घिमिरेले  उद्योग व्यवसाय बाट समाजमा पर्न सक्ने प्रभाब र वातारणीय असर सम्बन्धमा  चेतनामुलक तथा अभिमुखीकरण गरेका थिए ।उनिहरूले  सहभागी बाट उठेका जिज्ञासाको समेत जवाफ दिएका थिए ।

तपाइँको प्रतिक्रिया ।