काठमाडौं महानगरपालिकामा रोजगारको अवसर !

काठमाडौं महानगरपालिकामा रोजगारको अवसर !

कपन अनलाइन

काठमाण्डौ ,माघ १८।

काठमाडौं महानगरपालिकाले  गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण सर्वेक्षणका लागि सुपरिवेक्षक र गणकका निम्ति आवेदन आह्वान गरेको छ  ।

मंगलबार सूचना प्रकाशित गरी २१ सुपरिवेक्षक र २१० गणकका लागि आवेदन आह्वान गरिएको हो । सात दिनभित्र आवेदन दिन भनिएको छ ।

आवेदन काठमाडौं महानगरपालिकाको वेबसाइटमा रहेको अनलाइन आवेदन प्रणाली (लिंक)मार्फत सोही प्रणालीमा तोकिएको सर्तानुसार यही माग २४ गतेभित्र दिई सक्नुपर्ने जनाइएको छ । भौतिक आवेदनहरू मान्य नहुने पनि जनाइएको छ ।

 

तपाइँको प्रतिक्रिया ।