गोकर्णेश्वर नगरपालिकाको नमुना युवा संसद कार्यक्रममा सहभागिता जनाउने सम्बन्धी सार्वजनिक सुचना
कपन अनलाइन
काठमाडौं, माघ १४ ।गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समितिले नमुना युवा संसद कार्यक्रमसम्बन्धी सार्वजनिक सुचना जारी गरेको छ। युवा तथा खेलकुद उपशाखा प्रमुख रामनारायण शाहले जारी गरेको उक्त सुचनामा २०७८ साल माघ १२ गते वडा अध्यक्षहरु लगायत युवा तथा खेलकुद विकास समितिको संयुक्त निर्णयनुसार गोकर्णेश्वर नगरपालिका अन्तर्गत वडा नं १ देखि ९ सम्मका प्रत्येक वडा बाट कम्तिमा पचास प्रतिशत महिलाको सहभगिता हुने गरि १६ देखि २४ बर्ष उमेर समुहका इच्छुक युवाहरुले नमुना युवा सांसद कार्यक्रममा सहभागिता जनाउने प्रयोजनार्थ आफ्नो नागरिकता वा जन्मदर्ताको प्रमाणपत्र मध्ये एक लिइ सम्बन्धित वडामा २०७८ साल माघ १८ गते भित्र निवेदन पेश गर्न सार्वजनिक सुचना मार्फत जानकारी गराएको छ ।
तपाइँको प्रतिक्रिया ।