बुढानिलकण्ठ नगरपालिकाका तिन वडामा नेपाली कांग्रेसको सचेतना तथा मास्क वितरण अभियान

कपन अनलाइन

काठमाण्डौ ,माघ ११।

बुढानिलकण्ठ नगरपालिकाका तिन वडामा नेपाली कांग्रेसको सचेतना तथा मास्क वितरण अभियान सम्पन्न भएको छ। नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ (२ ) समितिको आयोजनामा  बुढानिलकण्ठ नगरपालिकाका वडा नं १ ,२ र ९ का विभिन्न क्षेत्रमा मास्क तथा स्यानीटाइजर वितरण सहित सचेतना अभियान संचालन गरिएको हो।

नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ (२ ) का सभापति राम प्रसाद लुइँटेलको नेतृत्वमा भएको सो अभियानमा जिल्ला समिति सचिव इन्द्र बहादुर थापा , क्षेत्रीय सदस्य राजकाजी श्रेष्ठ ,प्रदेस क्षेत्र समितिका उपसभापति श्याम कृष्ण श्रेष्ठ ,दिलिप खत्री ,सचिव मनोज सिग्देल र अम्बिका राना ,उपसचिव प्रमोद अधिकारी लगायतको उपस्थितिमा सो अभियान संचालन भएको हो।

सो अवसरमा वडा नं ९ इकाई समितीका सभापति शंकर आचार्य, वडा नं २ का सभापति जनक थापा ,वडा नं १ का सभापति उत्तम कुमार खड्का  र वडा नं २ की सचिव लक्ष्मी श्रेष्ठ, राजेश पौडेल ,शान्ति पाण्डे लगायतको  उपस्थिति रहेको थियो।

प्रदेस क्षेत्रका सबै वडामा अभियान संचालन गरिरहेको जानकारी दिदै प्रदेस क्षेत्रका सचिव मनोज सिग्देलले उक्त अभियानमा प्रतिनिधि सभा सदस्य दिव्यमणि राजभण्डारी,निम्तो शेर्पा , बिनोद चालिसे ,अग्रलाल बास्तोला ,पाण्डव गुरुङ लगायतले गरेको सहयोगका लागि धन्यवाद ज्ञापन समेत गरेका छन ।

तपाइँको प्रतिक्रिया ।