गोकर्णेश्वर नगरपालिका द्वारा स्वरोजगार कार्यक्रमका लागि सिलाई मेसिन हस्तान्तरण

गोकर्णेश्वर नगरपालिका द्वारा  स्वरोजगार कार्यक्रमका लागि सिलाई मेसिन हस्तान्तरण

कपन अनलाइन

काठमाडौँ,माघ १९ ।   गोकर्णेश्वर नगरपालिकामा प्रगतिशील महिला समूह द्वारा संचालित सिलाई कटाई तथा स्वरोजगार कार्यक्रमका लागि सिलाई मेसिन हस्तान्तरण गरिएको छ।गोकर्णेश्वर नगरपालिका वडा नं ८ स्थित माकलबारी अल्फा मार्टमा एक कार्यक्रमका बीच नगर पालिका प्रमुख सन्तोष चालिसेले एकल,जनजाती,पिछडिएका तथा बेरोजगार महिलाहरुका स्वरोजगारमुलक सिलाई कटाई तालिम र रोजगार कार्यक्रमका  लागि  प्रगती महिला समुहलाई  सिलाई मेसिन  हस्तान्तरण गरेका हुन ।

 प्रगती महिला समुहकी अध्यक्ष फुलमाया गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा नगरपालिका  उप प्रमुख शान्ति नेपाल, नगर प्रवक्ता तथा वडा ८ का अध्यक्ष मनोज कुमार ढुंगाना, नगर प्रमुख सल्लाहकार दिपक रिसाल , मकालबारी टोल सुधार समितिका अध्यक्ष पेमा छिरि शेर्पा , जया मल्टिपल कलेजका प्राचार्य भवानी पौडेल  विभिन्न संघ सस्थाका प्रतिनिधिहरु , समुहको  कार्य समितिका सदस्यहरु लगायत स्थानीयको  उपस्थिति रहेको थियो ।  कार्यक्रम   बिनितराज अर्यालले सहजीकरण गरेका थिए ।

मेसिन हस्तान्तरण पश्चात प्रमुख अतिथिको रुपमा बोल्दै नगर प्रमुख सन्तोष चालिसेले आयोजकलाइ धन्यवाद दिदै सचेतनामुलक भन्दा उत्पादनमुलक कार्यक्रमलाई नगरपालिकाले प्राथमिकताका साथ अगाडी बढाएको बताएका  थिए ।

  उनले घरायशी काममा सिमित महिलाहरुको लागि थप आय आर्जनको स्रोत विकास होस् भन्ने हेतुले तालिम समेत प्रदान गरिदै आएको बताएका थिए ।कार्यक्रममा बिशेष अतिथि उप प्रमुख शान्ति नेपाल, नगर प्रवक्ता एबम  वडा नं ८ का अध्यक्ष मनोज कुमार ढुंगाना, नगर प्रमुख सल्लाहकार दिपक रिसाल ,जया मल्टिपल कलेजका प्राचार्य भवानी पौडेल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा प्रगति महिला समुहले  सुनौलो पाइला संस्थामा आश्रित  बालबालिकाहरु लाई १२ वटा हाइनेक र १३ वटा मास्क समेत प्रदान गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।