ओखलढुंगा बोलेरो दुर्घटना : मृतकको पहिचान खुल्यो

ओखलढुंगा बोलेरो दुर्घटना : मृतकको पहिचान खुल्यो

कपन अनलाइन

काठमाण्डौ,माघ ९।

ओखलढुंगामा गुडिरहेको बोलेरो जीपलाई माथिबाट झरेको ढुंगाले किच्दा ३ जनाको घटनाथलमै मृत्यु भएकाहरुको पहिचान खुलेको छ  । सडक निर्माण गर्दै गरेको डोजरले माथिबाट लडाएको ढुंगाले किच्दा ३५६९ नंबरको बोलेरोमा सवार ३ जनाको मृत्यु भएको हो ।

सो दुर्घटनामा परेर  मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका १ का ७ वर्षिया युनिसा  कोइराला,  १० वर्षिय इशव कोइराला र मानेभञ्ज्याङ गाउँपालिका १ मोलीका ३० वर्षिय हेमबहादुर मगर रहेको प्रहरी निरीक्षक लंक श्रेष्ठले जानकारी दिएका छन  । उनका अनुसार जीपमा सवार  देवबहादुर श्रेष्ठ, सञ्जीव श्रेष्ठ, लक्ष्मी कोइराला घाइते भएका छन् ।

घाइतेको अहिले ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्य देवबहादुर श्रेष्ठ, सञ्जीव श्रेष्ठलाइ थप उपचारका लागि हेलिकोप्टर मार्फत राजधानी पठाउने तयारी भइरहेको छ । काेइरालाकाे अवस्था सामान्य रहेकाले जिल्लामै उपचार हुने जनाइएकाे छ ।फोटो सौजन्य : भिजन समाचार

तपाइँको प्रतिक्रिया ।