कोरोना बढेपछि सिंहदरबार प्रवेश गर्ने सबै प्रकारका पासहरु खारेज

कोरोना बढेपछि सिंहदरबार प्रवेश गर्ने सबै प्रकारका पासहरु खारेज

कपन अनलाइन

काठमाण्डौ ,पौष २९।

सरकारले कोरोना भाइरसको ओमिक्रोन भेरिएन्टको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै  सिंहदरबारभित्र प्रवेश गर्ने सबै प्रकारका  स्थायी/अस्थायी पास, अस्थायी परिचयपत्र खारेज गर्ने निर्णय गरेको छ ।

गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै हालसम्म सबै मन्त्रालय, निकाय, सचिवालय, आयोग, कार्यालय लगायतबाट जारी भएका सबै प्रकारका स्थायी/अस्थायी पास, अस्थायी परिचयपत्र खारेज गर्ने जनाएको हो ।

अब उप्रान्त नयाँ सबै प्रकारका स्थायी, अस्थायी पास, अस्थायी परिचयपत्र जारी गर्नुपरेमा आवश्यकता हेरी सम्बन्धित निकायको सिफारिसमा गृह मन्त्रालयको पूर्व सहमति लिई सम्बन्धित निकायबाटै जारी गर्ने गृहको सूचनामा उल्लेख छ ।

पत्रकारलाई भने सूचना विभागबाट जारी भएको परिचयपत्रका आधारमा सिंहदरबार प्रवेश दिने व्यवस्था गृह मन्त्रालयले मिलाएको छ । सरसफाईसँग सम्बन्धित व्यक्तिहरुको हकमा पहिला नै जारी भएका पास र आस्थायी परिचयपत्रहरुबाटै प्रवेश दिन गृहको निर्देशन छ ।

 

 

तपाइँको प्रतिक्रिया ।