इन्टरनेसनल ड्युज बुझाउन लायन्स इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ को अपिल !
कपन अनलाइन
काठमाण्डौ ,पौष २९।
इन्टरनेसनल ड्युज बुझाउन लायन्स इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ ले अपिल गरेको छ
सो डिस्ट्रिक्टको १० औं कन्भेन्सन २०७८ फाल्गु ७ गते शनिवार (February 19, 2022) विराटनगरमा सम्पन्न हुन गईरहेको व्यहोरा विदितै छ। कन्भेन्सनमा हुने निर्वाचन प्रक्रियामा सहभागि हुन क्लबले डिस्ट्रिक्ट, मल्टिपल तथा इन्टरनेसनललाइ बुझाउनु पर्ने सम्पूर्ण ड्युजहरु कन्भेन्सनको मिति भन्दा एक महिना अगाडी नै भुक्तानी गर्नुपर्ने हुँदा क्लबको कुनै पनि ड्युज बुझाउन बाँकि भए माघ ३ गते भित्र नै चुक्ता गरि आफ्नो क्लबको मताधिकार सुरक्षित राख्न लायन्स इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ ले अनुरोध गरेको छ।
क्लबमा मेम्बर थप गर्नु पर्ने भएमा ति मेम्बरहरुको डिस्ट्रिक्ट, मल्टिपल तथा इन्टरनेसनललाइ बुझाउनु पर्ने शुल्क मेम्बर थप गर्नु अगाडि अर्थात् माघ ३ गते भित्र अनिबार्य बुझाएर मात्र थप गर्न समेत डिस्ट्रिकले अनुरोध गरेको छ।
कन्भेन्सनको समयमा कुनै पनि क्लबको ड्युज एक महिना अगाडी नै चुक्ता भएको नदेखिएमा ड्युज चुक्ता नभएका क्लबहरु निर्वाचन प्रक्रियामा सामेल हुन नपाउने जानकारीको गराउदै डिस्ट्रिकले सम्पूर्ण ड्युजहरु तपसिलको खातामा बुझउन अनुरोध गरेको छ ।
ड्युजहरु बुझाउनका लागि :
A. International Dues
Bank Name: Nepal Investment Bank Ltd.
Branch Name: Durbar Marg, Kathmandu
Account Name: The International Association of Lions Clubs
Account Number: 001 0101 0297301
Dollar Rate for January 2022 – NRs. 119.66)
B. District/Multiple Dues
Bank Name: Mega Bank Nepal Ltd.
Branch Name: Biratnagar
Account Name: Lions Clubs International District 325 A1
Account Number: 008 001 0076716 NPR
New Member – NRs. 1115.00 (Per Member)
Old Member – NRs. 1015.00 (Per Member)
तपाइँको प्रतिक्रिया ।