बागमती  प्रदेशलाई प्रथम राष्ट्रिय मेयर कप तेक्वान्दो प्रतियोगिताको उपाधि

बागमती  प्रदेशलाई  प्रथम राष्ट्रिय मेयर कप तेक्वान्दो प्रतियोगिताको उपाधि

कपन अनलाइन

काठमाण्डौ ,पौष १८।

आयोजक बागमती  प्रदेशले प्रथम राष्ट्रिय मेयर कप तेक्वान्दो प्रतियोगिताको उपाधि शनिबार जितेको छ । बाग्मती ६ स्वर्ण, २ रजत र ९ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बन्यो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगितामा ५ स्वर्ण, ३ रजत र ४ कांस्य जितेको लुम्बिनी प्रदेश दोश्रो भयो । तेश्रो स्थानमा चित्त बुझाएको नेपाल आर्मीले ५ स्वर्ण, २ रजत र ७ कांस्य हात पा¥यो ।
प्रतियोगिताको पुरुषमा लुम्बिनीका सपन थापा तथा महिलामा बाग्मतीकी स्वस्तिका महर्जन उत्कृष्ट खेलाडी घोषित भए ।
विजेतालाई काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, आयोजक बाग्मती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशव पुरीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा ११ टिमका ३ सय ३० खेलाडीले विभिन्न २४ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।