Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/12/269855643_4898183880203690_7972748150811008311_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

कागेश्वरी मनोहरा नगरपालिकामा राजस्व सुधार कार्ययोजना सम्बन्धी २ दिने कार्यशाला शुरु

कपन अनलाइन

काठमाडौँ, पौष १० ।कागेश्वरी मनोहरा नगरपालिकामा राजस्व सुधार कार्ययोजना सम्बन्धी २ दिने कार्यशाला शुक्रबार बाट शुरु भएको छ । नगर प्रमुख कृष्णहरि थापाले उद्घाटन गरेको उक्त कार्यक्रममा वडा अध्यक्षहरु, नगर कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, नगरपालिकाका विभिन्न शाखाका शाखा प्रमुखहरु, वडा सचिवहरु लगायत कर्मचारीहरुको सहभागिता रहेको छ ।उद्घाटन सत्रलाई सम्बोधन गर्दै नगर प्रमुख थापाले नगरपालिकाले राजस्व संकलन कार्यलाई व्यवस्थित बनाउनका लागि राजस्व सुधार कार्ययोजना बनाउन लागिएको जानकारी गराएका थिए ।

कार्यक्रममा विशेषगरी राजस्वको अबस्था कस्तो छ ,राजस्व चुहावट,राजस्व संकलन कसरी गर्ने ,अहिलेसम्म नगरपालिकाले के के कुरामा राजस्व लगायो ,आगामी दिनमा के के कुरामा राजस्व लगाउने वा हटाउने राजस्व संकलन गर्दा ध्यान दिनुपर्ने कुराहरु लगायत समग्र राजस्वको विषयमा छ्लफल  हुनेछ

तपाइँको प्रतिक्रिया ।