बागमती सौन्दर्यीकरणका लागि अस्थायी संरचना हटाइयो

बागमती सौन्दर्यीकरणका लागि अस्थायी संरचना हटाइयो

कपन अनलाइन

काठमाडौं, पौष ८। बागमती सौन्दर्यीकरणको लागि अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले गोकर्णेश्वर महादेव मन्दिर देखि शिवचोक सम्मको बागमती नदीको दाया बाँया किनारामा मापदण्ड बिपरित रुपमा निर्मित भौतिक संरचना हटाएको छ ।

समितिका अध्यक्ष उद्दब प्रसाद तिमिल्सिनाको नेतृत्वमा उक्त क्षेत्रमा मापदण्ड बिपरित बनाइएका अस्थाई टहराहरु भत्काएको हो ।  समितिले एक हप्ता अगाडी सार्वजनिक सुचना मार्फत घर टहरा भत्काउने  जानकारी गराएको समितिले जानकारी गराएको छ।  गोकर्ण ब्यारेजबाट गुह्येश्वरीसम्म ६ हजार १०० मिटर र तिलगङ्‍गा पुलबाट सिनामङ्‍गलसम्म ९०० मिटर गरी करिब सात किमी क्षेत्रमा नदी सौन्दर्यीकरणको काम भइरहेको छ ।

तपाइँको प्रतिक्रिया ।