गोकर्णेश्वर नगरपालिकामा प्रथम मेयर कप खुल्ला कराते प्रतियोगिता शुरु
कपन अनलाइन
काठमाडौं पौष ४ । गोकर्णेश्वर नगरपालिकाको आयोजना तथा तोयाकान नेपाल बादो-रियो कराते डो संघको संयोजकत्वमा आयोजित प्रथम मेयर कप खुल्ला कराते प्रतियोगिता शुरु भएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ८ अत्तरखेल स्थित लिबर्टी एकेडेमीको प्रांगणमा भएको उक्त प्रतियोगिता उद्घाटन सत्रका प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे रहेका थिए भने बिशेष काठमाडौं जिल्ला प्याब्सन अध्यक्ष हरि कृष्ण श्रेष्ठ, युवा तथा खेलकुद समिति सदस्य ओम प्रसाद ढकाल ,नगर खेलकुद विकास समितिका सल्लाहकार शिवराम कारंजित , नगर खेलकुद विकास समिति मुवाथाई संयोजक सानुकान्छा श्रेष्ठ तोयाकान नेपाल बादो-रियो कराते डो एसोसिएसनका बरिष्ठ उपाध्यक्ष प्रेम कुमार श्रेष्ठ,गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समिति कराते बिभागका संयोजक एबम तोयाकान नेपाल बादो-रियो कराते डो एसोसिएसनका प्रमुख प्रशिक्षक अरुण कुमार कार्की,
तोयाकान नेपाल बादो-रियो कराते डो एसोसिएसनका उपाध्यक्ष जेठा तामाङ तोयाकान नेपाल बादो-रियो कराते डो एसोसिएसनका उपाध्यक्ष अजय भक्त श्रेष्ठ सहित खेलाडी रेफ्री र खेल प्रेमी दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो ।कार्यक्रमको अध्यक्षता गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समितिका संयोजक संजय लामाले गरेका थिए।राष्ट्रिय गान संगै शुरु भएको कार्यक्रमको उद्घाटन नगर प्रमुख सन्तोष चालिसेले पानसमा दिप प्रज्वलन सहित गरेका थिए ।कार्यक्रममा युवा तथा खेलकुद समिति सदस्य ओम प्रसाद ढकालले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथी प्रकाश पारेका थिए ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नगर प्रमुख सन्तोष चालिसेले आयोजकललाई धन्यवाद दिएका थिए गोकर्णेश्वर नगरपालिकाले खेलकुदलाइ प्राथमिकतामा राखेको जानकारी गराउदै खेलकुद समिति मार्फत धेरै खेलकुदका गतिबिधि अगाडी बढाईरहेको जानकारी गराएका थिए । नगरले देश भित्र तथा देश बाहिर नगरपालिकाको प्रतिनिधित्व गर्दै खेल्न जाने खेलाडीहरुलाई हौसला बढाउन खेल खेल्दा लाग्ने सम्पूर्ण खर्च नगरपालिकाले बेहोरिरहेको जानकारी दिएका थिए। उनले आगामी दिनमा पनि खेल क्षेत्रको विकासका लागि काम गर्दै जाने बताएका थिए ।
कार्यक्रममा काठमाडौं जिल्ला प्याब्सन अध्यक्ष हरि कृष्ण श्रेष्ठ, लगायतले शुभकामना मन्तब्य राखेका थिए ।अध्यक्षको आसन बाट बोल्दै गोकर्णेश्वर नगरपालिका का युवा तथा खेलकुद विकास समितिका संयोजक संजय लामाले उपस्थित सबैलाई धन्यवाद दिएका थिए ।उनले कार्यक्रममा १५ वटा टिमका करिब ३५० भन्दा बढी खेलाडीहरुको सहभागिता रहेको जानकारी दिदै दुइ दिन सम्म चल्ने उक्त प्रतियोगिताको आज समापन हुने पनि बताएका थिए ।उनले कार्यक्रमलाइ सफलता पुर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेका थिए ।