सिद्देश्वर योग साधना केन्द्रको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाण्डौ ,पौष ४।
सिद्देश्वर योग साधना केन्द्रको आयोजनामा र परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल थापाथलीको सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
बुढानिलकण्ठ नगरपालिका वडा नं १० फ्रेन्डशिप युवा क्लव प्रांगणमा भएको सो रक्तदान कार्यक्रममा ४५ जना रक्तदाताले रक्तदान गरेका थिए। पैरवी बुक्स हाउसको प्रायोजनमा भएको सो रक्तदान कार्यक्रममा साहित्यकार कृष्ण धरावासी र मंजु बिमलीको आतिथ्यता रहेको थियो भने केन्द्र का साधक साधकहरुले रक्तदान गरेका थिए।
उक्त रक्तदान कार्यक्रममा अभिनन्दन स्विटले खाजा तथा साधिका सरला सिवाकोटीले पानीको व्यवस्था गरेको जानकारी दिदै केन्द्रका अध्यक्ष कृष्ण कुमार पोखरेलले संस्थापक अध्यक्ष कमला देवी पाण्डे सहित सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन ।
तपाइँको प्रतिक्रिया ।