बालबालिकालाई कोभिड बिरुद्द खोपको लागि गोकर्णेश्वर नगरपालिकाले बिध्यालयहरु संग बिवरण माग्यो
कपन अनलाइन
काठमाडौँ, पौष १ ।गोकर्णेश्वर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले कोभिड बिरुद्दको खोपको लागि सबै संस्थागत बिद्यालयहरुलाई बिवरण उपलब्ध गराउन सार्वजनिक सुचना मार्फत अनुरोध गरेको छ । गोकर्णेश्वर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका स्रोत व्यक्ति राम नारायण शाहले जारि गरेको उक्त सुचनामा स्वास्थ्य कार्यलय, बागमती प्रदेश टेकुको पत्रअनुसार कोभिड १९ बिरुद्दको फाइजर बायोन्टिक खोप १२ बर्ष देखि १७ बर्ष उमेर समूहका सबै बालबालिकाहरुलाई लगाउने कार्यको तयारी गर्न गोकर्णेश्वर नगरपालिका अन्तर्गतका सम्पूर्ण बिध्यालयहरुमा अध्ययनरत १२ बर्ष देखि १७ बर्ष (२०६१ पुष देखि २०६६ पुष भित्र जन्मेका) उमेर समूहका बालबालिकाको बिवरण माग भएको हुँदा पत्र साथ् संलग्न फारमको नमुना अनुसार २०७८ साल पौष २ गते भित्र बिवरण उपलब्ध गराउन अनुरोध गरिएको छ ।
पुनश्च: माग भए बमोजिमका बिवरण प्राप्त नभएमा भ्याक्सिन को उपलब्धता सुनिश्चित नहुने हुँदा सो को जिम्मेवारी सम्बन्धित बिध्यालय आफै हुने उल्लेख गरिएको छ ।