तारकेश्वर नगरपालिकाको दशौ नगर सभा

तारकेश्वर नगरपालिकाको दशौ नगर सभा

कपन अनलाइन

काठमाडौँ, मंगसिर २९  । तारकेश्वर नगरपालिकाले दशौ नगर सभा गरेको छ । काठमाडौ निर्वाचन क्षेत्र न ६ का सघिय सांसद तथा पुर्व रक्षामन्त्री भिमसेनदास प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न उक्त    नगर सभामा बिशेष अतिथिको रुपमा सघिय संसद  तथा पुर्व सहरी विकास राज्य मन्त्री रामवीर मानन्धर, काठमाडौ जिल्ला समवन्य समितिका उप प्रमुख सरिता दाहाल, तारकेश्वर नगर प्रमुख रामेश्वर बोहरा उप प्रमुख भवानी डोटेल धिताल, प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद लम्साल,  नेकपा एमाले नगर ईन्चार्ज विदुर अर्याल,     नेपाली  काङ्ग्रेस  नगर सभापति कृष्णहरि श्रेष्ठ नेकपा एकीकृत समाजवादी पार्टीका  नगर अध्यक्ष लवकुमार बस्नेत, नेकपा माओवादी केन्द्र तारकेश्वरका उपाध्यक्ष जगन्नाथ राजवाहक  लगायत जनप्रतिनिधि सहित कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

 राष्ट्रिय गान संगै शुरु भएको कार्यक्रममा  नगरपालिकाका  प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद लम्सालले स्वागत मनतब्य राखेका थिए ।नगरपालिकामा  हाल  राजस्व र भौतिक  पूर्वाधार र क्षेत्रको  विकासमा वृद्धि भएको बताएका थिए  ।  कार्यक्रममा तारकेश्वर नगर प्रमुख रामेश्वर बोहराले नगरपालिकाले गरेको काम र नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा  सम्बोधन गर्दै सघिय सांसद तथा पुर्व रक्षामन्त्री भिमसेनदास  प्रधानले भने आफ्नो निर्वाचन क्षेत्रमा फरक फरक दलको सासद हुदानि विकास निर्माणका काममा एक भएर अघि बढिरहेको  बताउदै  जनप्रतिनिधि साझा भएको हुँदा यो उ नभनी    सबै जनताको काम गर्नुपर्ने बताए विकासमा राजनीति धेरै भयो भने विकासले गति नलिने बताउदै उनले नगर भित्र बफर जोन छेउमा भएको जग्गा पलटिङ रोकिन पर्ने बताएका थिए । कार्यक्रममा  विशेष अतिथिको रुपमा बोल्दै  सघिय संसद  तथा पुर्व सहरी विकास राज्य मन्त्री रामवीर मान्नधरले आफु  मन्त्री हुदा करिडोरहरु व्यवस्थापन गर्ने काम गरेको बताए ।  त्यसै गरि काठमाडौ जिल्ला समवन्य समितिका उप प्रमुख सरिता दाहाल नगरसभा सफलताको शुभकामना दिदै यश नगरले गरेको नीति तथा कार्यक्रम हेर्दा  विकास गरिएको देखिएको बताईन।

 नेकपा एमाले नगर ईन्चार्ज विदुर अर्याल ले सम्पूर्ण राजनीति दलहरु विच सहकार्य गरि अघि बढनुपर्ने बताउदै राजनीतिक दलले जनताको भावना बोक्नुपर्ने बताएका थिए   ।      नेपाली  काङ्ग्रेसका नगर सभापति कृष्णहरि श्रेष्ठले तारकेश्वर धार्मिक एव पर्यटकिय रुपमा धनि भएको बताउदै  विकासको लागि वजेट निर्माणका लागि प्रतिपक्ष दलको पनि भुमिका रहने बताएका थिए ।  उनले सबै मिलेर  नगरका मुल बाटो  बनाउन पर्ने बताए ।

 नेकपा एकीकृत समाजवादी पार्टीका  नगर अध्यक्ष लवकुमार बस्नेतले  समाजवादी पार्टी  ठूलो वा सानो जनताले जनमत द्वारा  फैसला गर्ने  बताए । उनले विकास  निरन्तर हुने प्रक्रिया  भएको बताउदै जनताको कामर  विकासमा राजनीति  गर्न नहुने बताए ।  जनताले जनप्रतिनिधिले गरेको  कामको मुल्यांकन गरिरहेको बताएका थिए  ।   नेकपा माओवादी केन्द्र तारकेश्वरका उपाध्यक्ष जगन्नाथ राजवाहक ले जनप्रतिनिधिले जनताको लागि काम गर्न पर्ने  बताएका थिए  ।नगरसभामा उपप्रमुख  भवानी डोटेल धितालले धन्यवाद ज्ञापन गरेको कार्यक्रम सञ्चालन नगर प्रवक्ता

तपाइँको प्रतिक्रिया ।